प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँः भाटभटेनी

२०७९ माघ १२ गते, बिहीबार

काठमाडौं । भाटभटेनी सुपरमार्केटले इलाम सूर्योदय ११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी गरेको स्पष्ट पारेको छ ।

कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको भुक्तानी समयमा गरिएको जनाएको छ ।

 

“इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ,” भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।”

भाटभटेनीले सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिलाई गरेको भुक्तानीको भौचरको प्रतिलिपि पनि विज्ञप्ति साथै पठाउँदै भनेको छ, “हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं ।”

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal