आजबाट ‘पठान’ हलमा
काठमाडौं । हिन्दी कथानक चलचित्र ‘पठान’ आजबाट रिलिज भएको छ । शाहरुख खानको कमब्याक मुभीका रूपमा हेरिएको यो चलचित्रले नेपालको इतिहासमै सबैभन्दा धेरै शो पाएको छ । ‘पठान’ले नेपालमा रिलिज अगावै नयाँ रेकर्ड कायम गरेको छ ।
यो सिनेमाले क्यूएफएक्समा मात्रै आज बिहानसम्म ११२ शो पाएको छ । यो क्यूएफएक्सले आजसम्म सिनेमालाई उपलब्ध गराएको सबैभन्दा धेरै शो हो ।
‘पठान’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि नयाँ रेकर्ड बनाएको छ । ११२ शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ च्याप्टर–२’ले सुरुआती शो ९३ पाएको थियो ।
प्रतिस्पर्धा गर्ने अन्य चलचित्र नहुँदा पनि ‘पठान’लाई फाइदा पुगेको छ । शाहरुखको बहुप्रतिक्षित चलचित्र ‘पठान’ले नेपाली हलमा रिलिज अगाडि नै शो को रेकर्ड कायम गर्दा बक्स अफिस कलेक्सनमा पनि रेकर्ड बनाउने धेरैको अनुमान छ ।
मल्टिप्लेक्समा अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । आजका अधिकांश शो फिलिङ फाष्टमा गएका छन् । फिलिङ फाष्टमा नगएका शोमा पनि राम्रो बुकिङ देखिएको छ । काठमाडौं बाहिरका मल्टिप्लेक्समा पनि शो सँगै बुकिङ राम्रो देखिएको छ ।
शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिन लागेका हुन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । चलचित्रमा सलमान खानलाई पनि केमियो भूमिकामा देख्न सकिनेछ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





