बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प
२०७९ माघ १० गते, मंगलवार
काठमाडौं । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ ।
दिउसो २ बजेर ४३ मिनेटमा बाजुाराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो । अहिलेसम्म भूकम्पले पुर्याएको क्षतिबारे केही जानकारी गराइएको छैन ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीमा समेत भूकम्पको झड्का महसुस भएको थियो । उत्तर प्रदेश, उत्तराखण्डका पनि थुप्रै क्षेत्रमा भूकम्पको धक्का महसुस भएको आजतकले जनाएको छ ।
धक्का यति गतिका साथ थियो कि घर र कार्यालयमा रहेका व्यक्तिहरुले निकै हल्लाएको बताएका थिए ।
52 Views