एकीकृत समाजवादीको निर्वाचन खर्च सबैभन्दा धेरै

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो ।

आयोगमा बुझाइएको विवरणानुसार नेकपा (एकीकृत समाजवादी) को सबैभन्दा धेरै खर्च भएको देखिन्छ । एकीकृत समाजवादी समानुपातिकतर्फ करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको थियो । सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए । दोस्रो सबैभन्दा बढी खर्च राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले गरेको देखिन्छ । राप्रपाले एक करोड ८९ लाख खर्च भएको जनाएको छ ।

नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेस गरेको छ । नेकपा ९एमाले०ले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र) ले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए ।

निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

आयोगमा बुझाइएको विवरणानुसार जनता समाजवादी पार्टी (जसपा) ले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको छ ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal