महासेठको प्रश्न– कोइरी अपराधी भए सरकारले किन पदक दिएको, समात्नु पर्दैन ?

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । नेकपा (एमाले) सांसद रघुवीर महासेठले आफ्नो दलबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी अपराधी भए अघिल्लो सरकारले किन पदक दिएको भन्दै प्रश्न उठाएका छन् । मंगलबारको संसद् बैठकमा उनले अदालतले दोषी ठहर नगरेको व्यक्तिलाई सांसदहरूले अपराधी भन्न नमिल्ने भन्दै आक्रोश पोखे ।

उनले कोइरी अपराधी थिए भने शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले किन पक्राउ गर्न नसकेको भन्दै प्रश्न गरे । “अहिले देशमा एउटै चर्चा छ, लक्ष्मी महतो कोइरीको । यही प्रतिनिधिसभामा सांसदहरूले धेरै कुरा उठाउनुभयो । अपराधी भन्ने शब्द पनि प्रयोग भयो । प्रहरीले किन पक्रेन भनेर उठाउने काम भयो । साँच्चै महतो अपराधी हुन् त ? यदि, अपराधी हो भने निर्वचनमा सरकारले सम्मानित र प्रतिष्ठित पदक, समाजसेवी पदकबाट सरकारले सिफारिस गरेर दिने काम उहाँले किन गर्नुभयो रु त्यो बेला अपराधी हेर्नु भएन ?,” उनले प्रश्न गरे ।

सांसद महासेठले घटना भएको सात वर्ष भइसकेको र अदालतले थुनछेकको आदेश दिएको तीन वर्ष बितिसेकको भन्दै यत्रो समय पटक–पटक बनेको सरकारले के हेरेर बसेको भन्दै प्रश्न तेर्साए । राजनीतिमा लागेका धेरै व्यक्तिमाथि कुनै न कुनै मुद्दा लागेको भन्दै उनले अहिले पनि कोइरीलाई महोत्तरीमा लक्ष्मीपूजामा जस्तै दिनैपिच्छे घरघरमा पूजा गर्ने गरिएको जिकिर गरे ।

“बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला मात्र होइन, हाम्रै पार्टीका अध्यक्ष केपी ओली, नेताहरू माधव नेपाल, शेरबहादुर देउवलाई पनि पटक–पटक चार्ज लागेकै हो नि । हिजो प्रधानमन्त्री प्रचण्डको पनि टाउको मूल्य तोकिएकै हो नि । मूल्य तोक्ने र तोकिनेले सँगै मिलेर राजनीति चलाएका छन् । राजनीतिमा जे चल्दो रहेछ,” उनले भने, “लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा उहाँको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुन्छ । शोषित–पीडित जनताले पूजा गर्छन् । यस्तो चर्चित मान्छे कसरी हत्यारा हुन्छ ?”

उनले कोइरीको नाम लिएर एमाले नेताहरूको समेत विरोध हुने गरेको बताए । उनले साँच्चै कोइरी अपराधी भए एमालेले सहयोग गर्ने र गृह मन्त्रालयले कारबाही गर्न सक्ने बताए ।

16 Views

ताजा

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

पुरुषभन्दा महिलाको जनसंख्या बढी

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालमा ६६ लाख ६६ हजार परिवार

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियोः प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र १० गते, शुक्रबार

भोलिदेखि रिटर्नी फेडेरेसनको महाधिवेशन काठमाडौंमा सुरु

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालमा मातृमुत्यु दर घट्यो

२०७९ चैत्र १० गते, शुक्रबार

कर्मचारीले अश्लील फोटो बेचेको बोसले थाहा पाएपछि…

२०७९ चैत्र ९ गते, बिहीबार

‘अस्फाल्ट’ प्रविधिमा नेपालगञ्जमा सडक कालोपत्र गरिँदै

२०७९ चैत्र ९ गते, बिहीबार

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

२०७९ चैत्र ९ गते, बिहीबार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal