महासेठको प्रश्न– कोइरी अपराधी भए सरकारले किन पदक दिएको, समात्नु पर्दैन ?

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । नेकपा (एमाले) सांसद रघुवीर महासेठले आफ्नो दलबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी अपराधी भए अघिल्लो सरकारले किन पदक दिएको भन्दै प्रश्न उठाएका छन् । मंगलबारको संसद् बैठकमा उनले अदालतले दोषी ठहर नगरेको व्यक्तिलाई सांसदहरूले अपराधी भन्न नमिल्ने भन्दै आक्रोश पोखे ।

उनले कोइरी अपराधी थिए भने शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले किन पक्राउ गर्न नसकेको भन्दै प्रश्न गरे । “अहिले देशमा एउटै चर्चा छ, लक्ष्मी महतो कोइरीको । यही प्रतिनिधिसभामा सांसदहरूले धेरै कुरा उठाउनुभयो । अपराधी भन्ने शब्द पनि प्रयोग भयो । प्रहरीले किन पक्रेन भनेर उठाउने काम भयो । साँच्चै महतो अपराधी हुन् त ? यदि, अपराधी हो भने निर्वचनमा सरकारले सम्मानित र प्रतिष्ठित पदक, समाजसेवी पदकबाट सरकारले सिफारिस गरेर दिने काम उहाँले किन गर्नुभयो रु त्यो बेला अपराधी हेर्नु भएन ?,” उनले प्रश्न गरे ।

सांसद महासेठले घटना भएको सात वर्ष भइसकेको र अदालतले थुनछेकको आदेश दिएको तीन वर्ष बितिसेकको भन्दै यत्रो समय पटक–पटक बनेको सरकारले के हेरेर बसेको भन्दै प्रश्न तेर्साए । राजनीतिमा लागेका धेरै व्यक्तिमाथि कुनै न कुनै मुद्दा लागेको भन्दै उनले अहिले पनि कोइरीलाई महोत्तरीमा लक्ष्मीपूजामा जस्तै दिनैपिच्छे घरघरमा पूजा गर्ने गरिएको जिकिर गरे ।

“बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला मात्र होइन, हाम्रै पार्टीका अध्यक्ष केपी ओली, नेताहरू माधव नेपाल, शेरबहादुर देउवलाई पनि पटक–पटक चार्ज लागेकै हो नि । हिजो प्रधानमन्त्री प्रचण्डको पनि टाउको मूल्य तोकिएकै हो नि । मूल्य तोक्ने र तोकिनेले सँगै मिलेर राजनीति चलाएका छन् । राजनीतिमा जे चल्दो रहेछ,” उनले भने, “लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा उहाँको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुन्छ । शोषित–पीडित जनताले पूजा गर्छन् । यस्तो चर्चित मान्छे कसरी हत्यारा हुन्छ ?”

उनले कोइरीको नाम लिएर एमाले नेताहरूको समेत विरोध हुने गरेको बताए । उनले साँच्चै कोइरी अपराधी भए एमालेले सहयोग गर्ने र गृह मन्त्रालयले कारबाही गर्न सक्ने बताए ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal