ठूला कुरा गर्ने गृहमन्त्रीको रेकर्ड शुरुबाटै राम्रो देखिएनः केसी

२०७९ माघ ५ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता एवं सांसद चित्रबहादुर केसीले सरकार बन्नुअगाडि ठूला कुरा गर्ने गृहमन्त्री रवि लामिछानेसहितको रेकर्ड शुरूबाटै राम्रो नदेखिएको बताएका छन् ।

सभामुख चुनावको प्रक्रियामा भएको छलफलमा भाग लिँदै केसीले इमान, जमान र नागरिकसँग गरिएका वाचा सबैले बेवास्ता गरेको बताएका हुन् ।

‘सरकार बन्नुभन्दा अगाडि ठूला कुरा गरेकाहरूको रेकर्ड कस्तो आएको छ ? सबै नालायक भए, अब नयाँ आउनुपर्छ भन्ने मुलुकभर हल्ला गरे, तर नयाँ आउनेबित्तिकै देखिहालियो कस्तो गर्दैछन् । गृहमन्त्रीको के छ रेकर्ड ? हेर्नु त,’ उनले भने ।

केसीले थपे, इमान, जमान, जनतासँग कबोल गरिएका कुरा पालना गर्नुनपर्ने, सत्ताका लागि जोसँग पनि सामेल हुने देखियो । पहिलेको भन्दा यसपालिको संसद्को बनावट, सरकार बनेको प्रक्रिया र सरकारमा सामेल भएकाहरूले देखाउँछन्, हामी झन् अप्ठ्यारोमा गएका छौं ।

125 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal