अधिवक्ता बिष्णु गिरीले दिए ललितपुर बारमा उम्मेदबारी

२०७९ माघ २ गते, सोमबार

काठमाडौं । काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा उम्मेदबारी दिएका छन् ।
न्यायपालिकाको शुद्धिकरण अभियानमा निरन्तर क्रियाशील कानून ब्यबसायी गिरीले सदस्य (खुल्ला) पदमा उम्मेदबारी दिएका हुन् । क्र.म. संख्या ५ रहको गिरीले आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । ललितपूर बारमा राम्रो प्रभाव भएका निर्वतमान वाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ प्रस्तापक र अधिवक्ता सरिता श्रेष्ठको समर्थनमा अधिवक्ता बिष्णु कुमार गिरीले उम्मेदबारी दर्ता गराएका हुन् ।

अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवत्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।

बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका अधिवक्ता गिरी पछिल्ला पुस्तामा चर्चामा छन् । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिने तथा श्रमजीबि पत्रकार संघ लगायत आधा दर्जन बढी संघ संस्थाका कानूनी सल्लाहकार समेत हुन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गदै आएका अधिवत्ता गिरी विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेका छन् । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । अधिवत्ता गिरी भन्छन ललितपुर बारका पुराना देखि अहिलेका नयाँ पुस्ताका कानून ब्यबसायीहरुसँग रामै सम्बन्ध रहेकोले पनि आफू चुनाब जित्नेमा आशाबादी छन् । एल.बि. ल र्फमका संञ्चालक समेत रहेका अधिवक्ता गिरीको कार्यालय अनामनगरमा रहेको छ ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal