लागुऔषध कारोबारमा संलग्न गाउँपालिका अध्यक्ष पक्राउ

२०७९ पुष १९ गते, मंगलवार

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला भएको छ । लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा। दिवाकर भट्टको इजलासले उनलाई ३ वर्ष ६ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको हो ।

निसीखोला–६ को वडाध्यक्ष हुँदा वि।सं १२ असार २०७७ मा ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा–चरेससम्बन्धी कसुर यही ३ पुसमा ठहर भएको थियो ।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा। भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal