प्रचण्ड सरकार ३० दिन टिक्न मुस्किल छः मीन विश्वकर्मा

२०७९ पुष १२ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका हुन् ।

उनले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’

प्रधानमन्त्रीको दाबी पर्दैनमा भड्किएर जान नहुने उनको भनाइ छ । यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुगेको बताए ।

उनले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आश्चर्य भएको बताए । सरकार गठन भएपछि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताए ।

उनले भने, ‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यो ३० दिनसम्म सरकार कसरी जान्छ । तर, ३० दिन कट्यो भनेर सरकार दुईवर्ष जान्छ । मलाई लागेको ।’

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal