“संवेदनाको आकार” सार्वजनकि
रुपन्देही । कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट यहि पुस ९ गते शनिवार लोकार्पण भएको छ। अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो। कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्याल,कवि समालोचक महेश कार्कि क्षितिज,कार्यक्रमका सभापति अनुराग साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार निर्मल ढुङ्गाना,र कृतिका माता पिता नरेन्द्र प्रसाद शर्मा र सरस्वती शर्माले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो। बिएन पुस्तक संसार बाट प्रकाशन गरिएको कृति बाट कार्यक्रममा कवि महेश्वर शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कविता वाचन गर्नुभएको थिए।
कार्यक्रममा कवि यज्ञ प्रसाद न्यौपाने र महेश कार्कि क्षितिजले सो कविता सङ्ग्रहको बारेमा शुभकामना सहित आफ्ना विचार राख्नुभएको थियो। प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार डा। नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य सहित कविलाई आगामी साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो।

कवि शर्माको साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उहाँ कवि तथा गीतकारका रूपमा बढी सक्रिय हुनुहुन्छ।प्रस्तुत सङ्ग्रह उहाँको दोस्रो कविता कृति हो भने केही गीतहरू रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरूबाट समेत प्रसारण भइरहेछन् । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गर्नुभएका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत हुनुभएको छ ।
लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गर्नुभएको छ। सोहि समारोहमा २०७५ देखि २०७८ सम्म नरेन्द्र अनुराग साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो।समारोहमा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउँको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरि श्रीश मगर र तमोरका सुसेलीका लेखक लक्ष्मीकिशोर सुबेदी पुरस्कृत हुनुभएको थियो। कृति विमोचन कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा।नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचिव श्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
दोस्रो चरणको कार्यक्रम अर्थात् अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिवेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिति निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समिति सर्वसम्मत भएको घोषणा गर्नुभएको थियो। समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुंगाना र दिप मिलन रहनुभएको छ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





