हर्क साम्पाङलाई उच्च अदालतको यस्तो अन्तरिम आदेश !

२०७९ पुष ७ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय वनक्षेत्रमा साबुन उद्योग निर्माण कार्य गर्न धरानका मेयर हर्क साम्पाङलाई अदालतले रोकेको छ ।

मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल काम स्थगन गर्न अन्तरिम आदेश जारी गरेको हो । डिभिजन वन कार्यालयका सुनसरी प्रमुख भीमबहादुर कालिकोटेले दायर गरेको रिटमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधवार अन्तरिम आदेश जारी गरेको हो ।

उच्चको यो आदेशसँगै धरानको वडा नम्बर २० स्थित नमुना टोलमा भइरहेको साबुन उद्योग निर्माण कार्य तत्काल रोक्नु पर्नेछ । डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गा भएको र उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गर्ने आवश्यक प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो । तर, मेयर साम्पाङले भने उक्त जग्गा वनको नभएको दाबी गर्दै कामलाई निरन्तरता दिएका थिए ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal