देउवालाई रामचन्द्रको साथ

२०७९ पुष ५ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले साथ दिनु भएको छ ।

दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भन्नुभयो, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।” कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal