चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुन सक्छः अध्ययन

२०७९ पुष ५ गते, मंगलवार

बेइजिङ । शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ ।

देश ठुला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरूमा फैलिएको सङ्क्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

झन्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा लकडाउन, सामूहिक परीक्षण र सम्पर्क ट्रेसिङ जस्ता उपाय चाल्दै आएको छ । तर, प्रतिबन्धविरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएको थियो । प्रतिबन्धका कारण दैनिक जनजीवन कष्टकर बनेको थियो ।

सरकारले प्रतिबन्ध खुकुलो बनाए पनि जोखिमविरुद्ध जुध्न यथेष्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन् । वृद्धबृद्धाको खोप दर सशक्त पार्न, अस्पताल र गहन हेरचाह क्षमता बढाउन र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको उनीहरूले चेतावनी दिएका छन् ।

हङकङ विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६८४ जनाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन् । चीनको एक अर्ब ४० करोड जनसङ्ख्यालाई हेर्दा यो ९ लाख ६४ हजार चार सय मृत्यु हो ।

सङ्क्रमण वृद्धिले देशभरि धेरै स्थानीय स्वास्थ्य प्रणालीलाई बोझ पर्ने अनुसन्धानमा जनाइएको छ । अध्ययन मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको छ । एजेन्सी

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal