मुलुकको विकासका लागि स्थानीय तह गम्भीर हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई

२०७९ पुष ४ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने तहबाट स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पूरा गर्नुपर्ने उनको धारणा छ । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए ।

मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय तह गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal