कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

२०७९ मंसिर ६ गते, मंगलवार

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफ्नो निकटतम् प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

गंगारामले २३ हजार १२० मत प्राप्त गरेका छन् भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे ।
एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal