पार्टी जोगाउन लग्दा छोरा नाति जोगाउन नसकेको ८१ वर्षीय तुलसीरामको गुनासो
मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ ।
यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त गरेका हुन् । उनले भने ुसक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिन । खै कसको लागि राजनीति भइरहेको छ ?
उनले नेताहरू जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्ति प्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन् ुचुनाव अगाडी नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो ।ु
सिटौला भन्छन् ुअब त नयाँ पुस्ताको आवश्यकता देशले महसुस गरेको छ । यो कुरा म बुढो मान्छेले त थाह पाइसके ऐलेका युवा त त्यसै बौद्धिक छन् । अवस्था मात्रै परिवर्तन नभएको हो व्यवस्था त धेरै परिवर्तन भयो । मलाई एउटा कुरा भन्दिनु त । मेरो नेता पनि त्यै, मेरो छोरोको नेता पनि त्यै अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने ? यो त लाजमर्दो कुरो हैन र ?
उनले थपे राणा शासन फालियो देश बन्छ भने खै के बन्यो रु पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो । तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने रु हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन । अब यी ब्यपारीहरुलाई जनताले चेताउने छन् ।
उनले हाँस्दै भने हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ । यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरोलागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए । हाम्रो ठाउँमा त नाम चलेकी छोरी उठेकी छन् । मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।
तुलसीरामको कुरा सुनिरहेकी उनकी श्रीमती पद्मा सिटौलाले भनिन् ुहो त राजनीति त बनाउनको लागि हैन ? सबै भत्काउनेलाई के भोट दिनु ? म पनि रेखा छोरीलाई भोट दिने । हामी बूढाबूढीलाई दिन कटाउने चौतारी छैन । मठमन्दिर मासेका छन् । अरू त त्यस्तै हो खेती गरेर खाने गरिबले बाली लाउने बेला मल पाउँदैन । मल लिन गयो भने कुन पार्टीको हो भनेर हेर्छन् । पहुँच हुनेले मात्रै हो मल पनि पाउने । अनि कृषिप्रधान देश भनेर भाषण गर्यो बस्यो । यस्ताले के देश विकास गर्लान् र खै । मलाई त देश भरीबाट युवाले जितिदिए हुन्थ्यो भन्ने छ । म बुढीको आशीर्वाद लागोस् ।
तुलाराम र उनकी श्रीमतीजस्तै कयौँ व्यक्ति पुरानो नेतृत्वबाट दिक्क देखिएका छन् । यो पटक देशभर नयाँ पुस्ता हाबी भएसँगै निर्वाचन रोचक हुने भएको छ ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





