परिजितालाई जिताउन बिश्वभरिका नेपाली एक ढिक्का: बालेन शाह तथा रबि लामिछाने लगायतहरुको शुभकामना

२०७९ कार्तिक २८ गते, सोमबार

विजय थापा ।
अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता वास्तोला अगाडी बढन सकुन भन्दै धमाधम शुभकामना सन्देशहरु निरन्तर प्राप्त भै रहेका छन् । यसै सिलसिलामा काठमाडौँ महानगर पालिकाका नगर प्रमुख बालेन शाह र परिजिता वास्तोलाबीच वार्ता पनि भएको छ ।

बालेन स्वयम कलाकार भएको नाताले यसैको सेरोफेरोमा कुराकानी भएको छ भने उनले शुभकामना दिएका छन् । बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै बिजयको नजिक रहेको समेत उल्लेख गरे ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले नाममै जीतको कामना भएकी तिमीलाई जिताउन कुनै भोट अपिल त चाहिँदैन। यद्यपि भोटले पिर नमानोस् भनेर दुई चार शब्द तिम्रा लागि र जितेर आउनू भनि आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

बाल्यकालदेखि नै तिमी हुर्कदै देखेको हु । तिम्रो क्षमतामा कहिल्यै शंका भएन। तिम्रा गीतहरू सुनेको र कुनै दिन तारा बन्नेछौ भनी गर्वका साथ भनेको सम्झेको छु । यसै गरि चर्चित गायक दिपक बज्रचार्य लगायत थुप्रै शुभकामना सन्देश दिनुको साथै शुभकामना सन्देश आउने क्रम जारी छ । साथै वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि शुभकामना दिई सकेका छन् ।

साथै अमेरिकाका बिभिन्न संघरसंस्थाहरुले ऐक्यबद्धता तथा समर्थन सार्वजनिक रुपमा गरेका छन् भने यो क्रम जारी रहेको छ । गैर आवसीय नेपाली संघ अमेरिका, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (सिङ्गॊ इनास) ,नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ,उत्तर अमेरिकाको सबै भन्दा पुरानो सँस्था एएनए ,मिस नेपाल युएस,नेपाली अमेरिकन कन्भेन्सन ,न्यूयोर्क नेपाली कामपोस्ट ,साथी बाल्टिमोर ,नाम्लो इभेन्ट्स ,नेपाली अमेरिकन टेनिस क्लब अफ बाल्टिमोर, माधवी डान्स सेन्टर,विभिन्न सघरसंस्था,सामाजिक संजाल समूह ,व्यक्तिगत तथा चर्चित सामाजिक अभियन्ताहरु समेतले समर्थन गर्न अगाडी आईसकेका छन् ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal