हरिवंशको महापुरुष हेर्न लौरोको साहारामा फिल्म हल पुगेकी हजुर आमाले भनिन् ‘रुँदा रुँदै फिल्म सकियो’

२०७९ कार्तिक १९ गते, शनिबार

काठमाडौं, १८ कात्तिक :सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ ।

 

 

देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब पाँच करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ ।

 

 

शुक्रबार चितवनका दर्शकहरुसँगै फिल्म हेरेर निर्देशक प्रदीपसहितको टोली शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।

 

 

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । जात्रा, जात्रै जात्रा, शत्रुगते जस्ता सफल मानिएका फिल्मका निर्देशक प्रदीप भन्छन्, ‘काठमाडौँ फर्किएसँगै फेरि अर्को चरणको प्रचारप्रसारमा लाग्छौँ ।’एकैसाथ परिवारका सबै सदस्यहरुले हलमा आएर महापुरुष हेरेको र कोही रुँदै त कोही हाँस्दै घर फर्किएको दर्शकको प्रक्रिया पाउँदा खुसी लागेको निर्देशक प्रदीप बताउँछन् ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal