खोटाङको दिप्रुङ चुईचुम्मा मा दलित महिला वडा सदस्य नेपालीको मृ,त्यु

२०७९ कार्तिक १७ गते, बिहीबार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृ,त्यु भएको छ ।

दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृ,त्यु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृ,त्यु भएको हो ।

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृ,त्यु भएको उनका भाइ विजय नेपालीले बताए ।

लामो समयदेखि दाँत दुख्ने स,मस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो ।शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो ।

सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरबाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।

नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुन् ।

 

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal