टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

२०७९ कार्तिक १६ गते, बुधबार

टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन ।

जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ ।

भारत र बंगलादेशको तीन खेलमा समान ४ अंक भए पनि रनरेटका आधारमा भारत दोस्रो र बंगलादेश तेस्रो स्थानमा छ ।

समूह ‘२’ मा ३ खेलमा ५ अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । यो समूहमा रहेको पाकिस्तान तीन खेलमा २ अंकका साथ पाँचौ स्थानमा छ ।

 

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal