सम्बन्ध विच्छेद गरेकी श्रीमतीले गरिन् पूर्वपतिको काज किरिया

२०७९ कार्तिक १६ गते, बुधबार

झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृ`त्यु संस्कार काजकिरियागरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।उनका पति भानु भक्त बस्नेतको ४८, वर्षको अल्पायुमै वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृ,त्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो ।

 

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ ,,वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा गए । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँ भट्टास्थित आफ्नै निवासमा १३ दिने काज किरिया बारेर बसिन् ।

 

२ दिन अघि १३ दिने काज किरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।सात वर्षीय छोरा प्रतिश बस्नेत र सोह्र वर्षीया छोरी जेनिशा बस्नेतको साथमा सीता खड्का तस्बिर अम्बिका भण्डारी रासस

 

एक वर्ष अघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहु न्थ्यो तै पनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइनँ खड्काले भनिन्, कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनु हुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस् सँगै बसौँला भन्ने गरेको थिएँ ।

 

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गए । असोज ८ गते उनले आत्महत्या गरेको दुःखद खबर आएको थियो । पूर्वपति बस्नेतको मृ,त्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देवरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर देउरानी र नन्दहरूले दिएनन् ।

 

झगडा हुने भएपछि आफन्तहरूको सल्लाह बमोजिम म छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्‍यौँ साइला देवरले अलग्गै बार्नु भयो । खड्काले भनिन् ऐले डिभोर्स दे भरे डि भोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ पूर्वपतिले ल्याएको कागजमा सहीछाप गरेकी हुँ ।

 

मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।’उनीहरूको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध विच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का आमाले नै गरिरहेकी छिन् । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गरेकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।

 

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal