साढे ६ बर्ष कोरियामा रोजगारी गरी फर्किएका बुवा र एमएससी गर्दै गरेका छोरा एकसाथ म्यादी प्रहरीमा भर्ना ….

२०७९ कार्तिक १५ गते, मंगलवार

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राजेन्द्र बास्कोटा र उनका छोरा आदेश बास्कोटा एकसाथ भर्ती भएका हुन् ।

 

 

यसअघि स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा खटिएका बास्कोटाले यसपटक भने छोरालाई पनि सँगै लिएर गएका छन् । छोराको अहिले क्याम्पस बिदा भएको हुँदा फुसर्दको समयको सदुपयोग गर्न र केही नयाँ सिक्दै आयआर्जन गर्न म्यादीमा भर्ना भएको बास्कोटाले बताए ।

 

सुरक्षा निकायसँग जोडिन पाउने, फुसर्दको समय सदुपयोग हुने र निर्वाचनमा पनि प्रत्यक्षरूपमा भाग लिन पाइने भएकाले अघिल्लोपटक म्यादीमा गएका राजेन्द्र यसपटक पनि भर्ती भएका हुन् ।

 

 

अघिल्लोपटक काम गर्दाको सुखद् अनुभवका कारण पनि म्यादीमा फेरि भर्ती हुन प्रोत्साहन मिलेको उनले बताए । बाहिर बस्दा मेहनत गर्ने बानी एकदमै धेरै हुन्छ । त्यहीँ मेहनत गर्दागर्दै कोरियामा नै उनी दु,र्घटना परेका थिए । दु,र्घटनामा हातमा गम्भीर चोट लागेकाले केही समयको उपचारपछि उनी स्वदेश फर्किए ।

 

मशिनमा परेको उनको हात स्वदेशमा थप उपचारपछि तन्दुरुस्त त भयो तर हातलाई दबाब पर्ने काम गर्न नमिल्ने र केही समय आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिए ।हात विस्तारै ठीक हुँदै गएपछि म्यादीमा जान सकिने सोचेर उनी अघिल्लोपटक नै भर्ती भएका थिए ।त्यसो त गत स्थानीय चुनावमा म्यादीमा खटिएकैलाई नेपाल प्रहरीले यसपटक पनि प्राथमिकता दिएको छ ।

 

 

उनले अहिले पनि राष्ट्रिय परीक्षा बोर्डका लागि तयारी गर्दैछन् । उनले यसअघि नेपाल प्रहरीमा रोजगारीका लागि प्रयास गरेको भएपनि अन्तर्वार्तामा छनोट हुन सकेनन् । लोकसेवामा रुचि रहेकाले उमेर छउञ्जेल सरकारी सेवाकै लागि प्रयास गरिरहने उनी बताउँछन् । फुसर्दको समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नमा शिक्षित युवाहरू पनि अगाडि सर्नुपर्ने बुवा राजेन्द्र बताउँछन् ।

 

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal