स्व,र्गिय श्रीमतीको सम्झनामा मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरेको मनै रुवाउने गीत

२०७९ कार्तिक १५ गते, मंगलवार

मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो।

उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो। महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।

‘सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे’ यशोदा सम्झन्छिन्, हाम्रो काम दिनभरि गन्ती गर्ने र एकले अर्काको काम चेक गर्ने।’छेउमा काम गर्ने मानिस रोचक भइदिए जस्तै कामले पनि दिक्क बनाउँदैन। यी दुईलाई त्यस्तै भयो।

‘फेरि उहाँको बानी कस्तो भने हिसाब गर्दा पनि बीच–बीचमा उट्पट्याङ कुरा निकालेर हँसाइरहने’ उनले थपिन्, मेरो मात्र के कुरा? अफिसका सबै उहाँ भनेपछि रमाउँथे।’

मदनकृष्ण पनि कम थिएनन्।जीवनमा पहिलोपटक कुनै युवती मन परिरहेको थियो, उनी भन्छन्, ‘यिनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।’

काम गर्न थालेको केही दिनमै यशोदालाई पत्रिकाहरू पढ्ने इच्छा छ भन्ने भेउ मिल्यो। ‘अब त के चाहियो?’ मदनकृष्ण भन्छन्, म बजारबाट धर्मयुगदेखि फिल्मफेयरसम्म बोकेर लगिदिन्थेँ।’

कुरा यसरी अगाडि बढ्दै गयो, कुनै दिन एक जना आएको छैन भने अर्कोलाई छटपटी हुन्थ्यो। न्याश्रो लाग्थ्यो।

एकअर्काको अनुहार सामुन्ने आएपछि बल्ल मनको छटपटीले विश्राम पाउँथ्यो।उनीहरू परिस्थिति मिलाएर सँगसँगै बाहिर पनि निस्कन थाले।

‘जे कुरामा पनि हँसाइदिने मान्छे’ यशोदा भन्छिन्, ‘कस्तो रमाइलो मान्छे रहेछ भन्दाभन्दै के के भयो के के ..कोठामा हाँसो फैलिएकै क्षण मदनकृष्णले झनै घिउ थपे। ‘त्यही त भन्या, श्रीमतीतर्फ टाउको घुमाएपछि कपाल कन्याउँदै बोले, हँसीठट्टा गर्दागर्दै फँसीठट्टा भयो बाबा…’

अघिको हाँसो झन् विष्फोटमा परिणत भयो। त्यो हँसीठट्टा र फँसीठट्टाको बीचमा चार वर्षको अन्तर थियो। अर्थात् २०२६ सालदेखि सुरु भएको रोमान्स २०३० सालमा सुटुक्क सूर्यविनायक मन्दिरमा पुगेर बिहेमा परिणत भयो।

 

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal