बाराको जीतपुर सिमरामा त,नाव स्थिति नियन्त्रणमा लिन प्रहरीले गो,ली चलायो

२०७९ कार्तिक ५ गते, शनिबार

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झ,डप भएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गो,ली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

झ,डपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घा,इते भएका छन् ।

उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गनबाट १ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

झ,डपमा संलग्न ७ रहेको आ,रोपमा ७ जना मजदुर प,क्राउ परेका छन् । झ,डप र प्रहरीको का,रबाहीमा कति मजदुर घा,इते भए भन्ने प्रहरीले खुलाएको छैन ।

उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो । बिहीबार सोही विषयमा कर्मचारी र व्यवस्थापनबीच छलफल भएको थियो ।

झ,डप हुन सक्ने भन्दै उद्योग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका थिए । दिउँसो साढे ३ बजे वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले झडपमा संलग्न रहेको अरोपमा ७ जना मजदुरलाई नियन्त्रणमा लिएको छ ।

 

 

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal