मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासले गति लिन्छ : केपी ओली

२०७९ कार्तिक ५ गते, शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्नको लागि नबनेको टिप्पणी गरेका छन् ।

शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते जनताको महाअदालतले महान् फैसला गर्ने बताए।

ओलीले भने, हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति म चढेर आएँ। तर, रेल खचाखच हुने रहेछ। मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्‍यो भनेर।

नत्र एकदमै कोचाकोच भयो रेलमा। रेल विस्तार र गर्नुपर्‍यो। पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ।

मुआब्जा दिने काम भइरहेको छ। यो सरकारले काम गरेको छैन। यो काम गर्न जन्मिएको सरकार पनि होइन।’

अब मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासले गति लिने बताए। उनले भने, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ।

मंसिर ४ मा गाउँ गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ। त्यो सही फैसला हुन्छ। साथीहरू लाग्नुस्। अदालतले सरकार सरकार हटाएजस्तो नहुने भन्दै सत्ता गठबन्धनलाई कटाक्ष समेत गरे।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal