काठमाण्डौमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

२०७९ कार्तिक ५ गते, शनिबार

काठमाण्डौ प्रहरीले रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले विज्ञप्ति निकालेर आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो ।

परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।

जाँ,डरक्सी खाएर गाडी नचलाउन सार्वजनिक ठाउँमा जाँडरक्सी र चुरोट नखान नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

यस्तै छतमा चढेर यात्रा नगर्न सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न ट्राफिक नियमको पालना गर्न प्रहरीको अनुरोध छत ।

यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न आफ्नो घर छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन तथा गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal