प्रधानमन्त्रीले आराम गर्छु भनेपछि नेकपा सचिवालय स्थगित

२०७७ जेष्ठ ३२ गते, आईतवार

काठमाडौं :  निरन्तरको धपेडीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आराम गर्न चाहेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। आइतवार अपरान्‍ह ४ बजेका लागि डाकिएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले धपेडीका कारण केही समस्या बैठक स्थगित गरिएको जानकारी दिए।   प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन। धपेटी धेरै भएकाले आराम गर्न खोज्‍नु भएको हो’, उनले भने, ‘सचिवालय बैठक चाँडै बस्‍नेछ।’  स्रोतका अनुसार सबै सचिवालय सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी एसएमसबाट गरिएको थियो। बैठकका लागि हिँड्न लागेका नेताहरु एसएमएस आएपछि अचम्मित भएका छन्।

नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो। अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट (एमसीसी) नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो।  त्यसबेला सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बताइएको थियो। यद्यपि, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग सल्लाह नै नगरी बैठक स्थगित गरिएको भन्दै उनी रूष्ट बनेका थिए।   परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्‍ने विवाद छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै पारित गर्न ध्यानाकर्षण गराइसकेको छ।  कांग्रेस सरकारको पालामा (२०७४ भदौ २९ गते) अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको मत छ।  पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा छ। सत्तारूढ दल नेकपा भने विभाजित भएको छ।   स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा एमसीसीका केही प्रावधान र एमसीसीसँग सम्बन्धित पूरक सम्झौताहरू असमान, राष्ट्रियहित विपरीत रहेको निष्कर्ष निकाल्दै जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन्।

331 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal