करिश्मा मानन्धरले बालेनलाई भनिन । महानगरले क,ट्टु फु,कालेर मुख छोपे जस्तो काम गर्यो !
अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको भूमिका माथि प्रश्न उठाएकी छन्। महानगर प्रहरीले ठेलाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नैप्रश्न उठाएकी हुन्।
फेसबुकमा लेखेकी छन् ।म पनि काठमाडौ रैथाने बासी हु। महानगर सफा हुनुपर्छ सहि हो। हामीले आफ्ना करोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ।
उनले स्वतन्त्रबाट जितेर मेयरलाई लक्षित गर्दै भनेकी छन् ।तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन। हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नुभनेर पठाएको हो। यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ।
यो पनि =काठमाडौँ सरकारले थप आठ थरी वस्तुमा निर्यात अनुदानको सुविधा दिने भएको छ । निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन कार्यविधि, २०७९:मार्फत थप ८, थरी वस्तुमा अनुदान दिन लागिएको हो ।योसँगै सरकारबाट निर्यात अनुदान पाउने वस्तुको संख्या ३४ पुगेको छ ।यसअघि कार्यविधिको अनुसूची–१ अन्तर्गत शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित १५ वस्तुमा अनुदान दिने गरिन्थ्यो ।
जसको निर्यातमा औद्योगिक उत्पादनको कुल निर्यात मूल्यका आधारमा उत्पादकलाई ५ प्रतिशत नगद अनुदान मिल्थ्यो । यसपल्ट शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित तीन वस्तुमा अनुदान थपिएको छ । जसमा दुग्धजन्य पदार्थ दूध, चिज, पनिर, छुर्पी, फलफूल, अम्रिसो, कुचो छन् । संशोधित व्यवस्थाअनुसार यी वस्तुहरू विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा करिब ८ प्रतिशतसम्म अनुदान मिल्नेछ ।
त्यस्तै, अनुसूची–२ अन्तर्गत उत्पादनको कुल निर्यात मूल्यमा ३ प्रतिशत नगद अनुदान पाउने वस्तुको संख्या ११ वटा थियो । यो सूचीमा ५ वस्तु थपेर १६ वटा पुर्याइएको छ । थपिएका वस्तुहरूमा उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, रोजिन तथा तार्पेन, प्लाइउड छन् । यी सबै वस्तुमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान मिल्नेछ ।
गत असोज ३१ मा राजपत्रमा प्रकाशित उक्त कार्यविधिमा निर्यात अनुदान पाउन अनुसूची–१ मा रहेका वस्तुहरूको उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ५० प्रतिशत र अनुसूची–२ मा रहेका वस्तुहरूको उत्पादनमा कम्तीमा ३० प्रतिशत हुनुपर्ने उल्लेख छ ।
अनुसूची–१ बमोजिम वस्तुको निर्यात गरेमा कुल निर्यात मूल्यको ५ प्रतिशतले हुन आउने रकम, अनुसूची–२ अनुसार वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको ४ प्रतिशतले हुन आउने रकम अनुदान पाइनेछ । कार्यविधिमा भनिएको छ। ‘दफा–४ को उपदफा (१) बमोजिमको सूत्रका आधारमा अनुसूची–१ बमोजिम वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत र अनुसूची–२ बमोजिम वस्तुको उत्पादनमा कम्तीमा ७० प्रतिशत मूल्य अभिवृद्धि गरी वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको १ प्रतिशत हुन आउने थप रकम उपलब्ध गराइनेछ ।
त्यस्तै, राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमार्फत अनुसूची–१ र अनुसूची–२ मा सूचीकृत वस्तुको निर्यात गरेमा कुल निर्यात मूल्यको १ प्रतिशतले हुन आउने थप रकम र अघिल्लो आर्थिक वर्षमा निर्यात गरेको परिमाणभन्दा २० प्रतिशत बढी निर्यात गरेमा बढी निर्यात गरेको मूल्यको एक प्रतिशत हुन आउने थप रकम उपलब्ध गराइने पनि व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि ५० प्रतिशतभन्दा कम भएमा कम भएको मूल्य अभिवृद्धिअनुरूप वस्तु निर्यात गरेसरह अनुदान रकम उपलब्ध हुनेछ । मूल्य अभिवृद्धि ५०, प्रतिशत वा सोभन्दा बढी भएमा वस्तु निर्यात गरेसरह अनुदान रकम प्राप्त हुनेछ ।
कुनै एक उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यका आधारमा बढीमा ८ प्रतिशतसम्म नगद अनुदान सरकारले दिने भएको छ । ‘निर्यातकर्ताले निर्यात गरेबापत पाउने अनुदान जुन आर्थिक वर्षमा प्राप्त गरेको हो, सोही आर्थिक वर्षको वासलातमा हिसाब देखाई आम्दानी बाध्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘निर्यातकर्ताले यसरी पाउने अनुदानलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रविधि तथा क्षमताको विकास तथा विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नु पर्नेछ ।
झूटा विवरण वा कागजात पेस गरी अनुदान माग गरेको सम्बन्धमा उजुरी परे कार्यविधि कार्यान्वयन गर्ने विभागले अधिकृतस्तरको कर्मचारी खटाई आवश्यक छानबिन गर्नगराउन पाउने व्यवस्था पनि गरिएको छ । त्यस्तो पुष्टि भए अनुदानबापतको रकम प्रचलित कानुनबमोजिम सरकारी बाँकीसरह असुलउपर हुनेछ । ‘झू टा विवरण पेस गरी अनुदान माग गर्ने वा प्राप्त गर्ने उद्योगीलाई विभागले ५ वर्षसम्म निर्यातमा अनुदानका लागि अयोग्य हुने गरी कालोसूचीमा सूचीकृत गर्नुका साथै त्यस्ता उद्योगको नामनामेसी सार्वजनिक गर्न सक्नेछ कार्यविधिमा उल्लेख छ ।”
ताजा
फेरि पक्राउ परे दुर्गा प्रसाईं
२०८२ फाल्गुन ५ गते, मंगलवार
फेरि पक्राउ परे दुर्गा प्रसाईं
२०८२ फाल्गुन ५ गते, मंगलवार
नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’
२०८२ फाल्गुन ५ गते, मंगलवार
बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन
२०८२ फाल्गुन ५ गते, मंगलवार
दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार
२०८२ फाल्गुन ४ गते, सोमबार
निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
२०८२ फाल्गुन ४ गते, सोमबार
एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी
२०८२ फाल्गुन ४ गते, सोमबार
यस्तो छ जनता समाजवादी पार्टीको प्रतिबद्धता पत्र
२०८२ फाल्गुन ४ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





