अमेरिकाले नि तिमीलाई बचाउन सकेन छोरा..! बाबा आमाकाे मनै रुवाउने ची,त्कार !

२०७९ आश्विन २४ गते, सोमबार

जस्तोसुकै परिस्थितिमा पनि सहनु र नयाँ गन्तव्यका लागि यात्रा तयगर्दै स्वर्णिम सपनाहरूमा डुबुल्की मार्दै अगाडि बढ्नु नै जीवन रहेछ। छोरा स्वाभिमानको जन्मपछि कैंयन सपनाहरू जुर्मुराएका थिए।

कहिले छोरा उत्कृष्ट डाक्टर बनेर गरिब, पिछडिएका वर्गको बि,रामीको उपचार गरेको त कहिले न्याय नपाएर व्यवस्थापिका र न्यायालय धाइरहेका पीडितलाई न्यायको रुपमा स्वर्णिम अक्षरले कुँदेका तर उजाड बनेका कानुनका ठेलीमा छोरो घोत्लिरहेको सपना देख्थेँ।

उता प्रिय सगुनले प्रशासकीय भूमिकामा बसेर सुव्यवस्थाका लागि निरन्तर कर्मशील भएर देशको राष्ट्रसेवक बनाउने सपना बुन्थिन्। छोरो ठूलो भएपछि उसले कोरेका सपनाहरूमा हामी पक्कै सारथी बन्ने र अन्तत गरिबी, दु:ख, पीडामा मलम लगाउने कार्यमा भने हामी उसलाई पक्कै डोर्‍याउने योजनामा थियौं।

समय कहाँ हाम्रो योजनामा चल्दो रहेछ र! छोरो स्वाभिमान दुई वर्ष पूरा भएपछि बाइलेटरल विल्म्स ट्युमर (किड्नी क्या,न्सर) बाट पी,डित बने। हाम्रा सपनाहरू चकनाचुर मात्रै भएनन्, आफ्नै यात्राहरू पनि रोकिने अवस्थामा पुगे।

करिब ४ महिना नेपाल उपचार पछि बाबुलाई थप उपचारका लागि अमेरिका लग्यौँ, त्यो पनि प्रिय सगुनको साथमा मात्र। यता मलगायत परिवारजनले भगवानसँग प्रार्थना गर्नुभन्दा अर्को कुनै उपाय लागेन। अमेरिका लगेपछि बाबुमा आएको सुधारले लगभग बाबु जन्मिँदा जत्तिकै खुसीयाली मिलेको थियो ।

त्यो विदेशी भूमि, प्राणघा-तक रोगबाट गुज्रिएको छोरा, एक्लो बसाइ। जतिसुकै पीडादायी भए पनि सुनौलो दिनको पर्खाइमा सगुन पनि दुःख भित्रको सुखको काल्पनिक महासागरमा रमाइरहेकी थिइन्।

सेन्ट ज्युड इन्टरनेशनल चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्च सेन्टर जस्तो बाल क्यान्सरको विश्व प्रख्यात अस्पताल र ग्लोब रिसर्चमा सहभागी डाक्टरको समूहबाट उपचार गराउँदा छोरो ठिक नहुने भन्ने नै हामी पारिवारलाई लागेन।

बिहान उठेदेखि साँझसम्म नै म विद्यार्थीहरूको साथमा हुन्थेँ। साँझ परेपछि छोराको खुसी सहितको हाँसोले दिनभरिको थकाइ बिर्सिन्थेँ। मनमनै सोच्थेँ, त्यति सानो उमेरमा किमो, रेडियसनको असर कति भएको होला? कहिले हनहनी ज्वरोले सताउँथ्यो त कहिले लगातारको पखाला र बान्ताले सताउथ्यो।

 

उता मनमा के कुरा खेल्दो हो, सगुन कहिले बोल्दाबोल्दै रुन्थिन् त कहिले रुँ:दारुँदै हाँस्थिन्। यता म भने कहिले कक्षामा पढाउँदा पढाउँदै टोलाउँदो रहेछु अनि विद्यार्थीहरूले बोलाएपछि झसंग हुन्थेँ। कैयौं पटक खालि पिरियडमा छोरालाई सम्झेर बर्बर्ती आँसु आउँथ्यो।

वैशाखको अन्तिममा राति करिब १ बजे मेसेन्जरमा फोन आयो। सगुनको रहेछ। म बोल्न नपाउँदै उनी रुन थालिन्। म निरन्तर बोलिराखेँ, उनले बाबुलाई देखाइरहिन् र रोइरहिन् मात्र। बाबु हाँसी-हाँसी खेलिरहेका थिए। म अवाक भएपछि भनिन्, ‘बाबुको ट्युमर फेरि पलायो, नयाँ ठाउँमा पनि देखिएको छ।’

म भिडिओ अफ गरेर बेस्सरी रो:एँ फेरि आँसु पुछेँ र भिडिओ अन गरेर भनेँ, नआत्तिऊ, बाबुलाई सन्चो हुन्छ।’

 

सगुनलाई शब्दरुपी ढाडस दिएँ र बाबुलाई भिडिओमै भए पनि अँगालो मारेर फोन काटेँ। रातभर निद्रा लागेन। लागोस पनि कसरी? मनमनै सोचेँ, सगुनले कसरी दिन गुजारेकी होलिन्?

आफ्नै काखमा हाँसिरहेको छोराप्रति उनको धारणा के होला? न कसैसँग बोल्नु छ, न कसैसँग गएर दु:ख बिसाउनु छ। यस्तो विषम् परिस्थितिमा म आफैले डाक्टर रिचेल ब्रेन्नानसँग कुरा गरेँ।

डाक्टर ब्रेन्नानले सम्भावना लगभग कम भएको र नयाँ किमोले ३०% काम गर्न सक्ने कुरा गर्नु भयो। त्यसपछि सास रहुन्जेल आश हुन्छ भनेझैँ मैले सम्भावनाको अन्तिमसम्म प्रयास गर्नुहुन अनुरोध गरेँ।

बाबुलाई नयाँ किमो सुरु भयो। नयाँ किमो सुरु गरेपछि बाबुलाई थप गलायो, अलिअलि पलाएका कपालका टुसाहरू फेरि झर्न थाले। रगतमा कहिले के, कहिले केको कमी हुन थाल्यो, किड्नी र मुटुमा समेत किमोले असर गर्न सुरु गर्यों।

यता बाबा आमालाई सन्चो हुँदै गएको र छिट्टै नेपाल ल्याउने मात्र कुरा सुनाइरहन्थेँ मैले। यसरी बाबा आमालाई गलत कुरा सम्प्रेषण गर्दा मलाई कम्ता नरमाइलो लाग्थेन तर म बाध्य थिएँ। लगभग असारको पहिलो हप्ता बाबुलाई फलोअपको लागि अस्पताल लैजाँदा अकस्मात आइसियूमा लैजान पर्ने अवस्था भयो।

अघिल्लो दिनसम्म अस्पताल परिसरमा आफूजस्तै क्या,न्सर भएका बच्चाहरूसँग दौडिरहेको छोरो भोलिपल्ट अकस्मात आइसियूमा गएको खबरले म मरेतुल्य बनेको थिएँ।

मैले छोरालाई अन्तिम अवस्थामा भेट्नलाई दोस्रो पटक अमेरिका दूतावासमा निवेदन गरेको थिएँ र जुलाई १० ( असार २७) मा मेरो अन्तर्वार्ता थियो। बीचमा बाबुलाई पुन: रेडियसन दिँदा बाबु थप गम्भीर बन्दै गए भने डाक्टरले लगभग अब उसलाई सजिलो गराउने भन्दा अर्को कुनै काम गर्न नसकिने बताइरहेका थिए।

मैले म आउन्जेल साससम्म राख्दिन अनुरोध गरिरहेको थिएँ। उहाँहरूले प्रयास जारी राखेको बताउनु भएको थियो। असार २६ गते म काठमाडौँ गएँ र दु:खसुखमा सदा साथमा रहने गोविन्द दाइको कोठामा गएँ। दाइलाई सबै कुरा सुनाएँ। दाइ बोल्न सक्नु भएन। साँझको खानापछि भाइ अर्जुनसग गफिँदै थिए। सुत्ने बेला बाबुलाई देख्न मन लाग्यो र फेरि सगुनलाई कल गरेँ।

बाबुको पेट फुलेको, अक्सिजन लगाएको र लगभग बेहोस अवस्थामा थिए। केहीबेर कुरा गरेर म निदाएछु। बिहान करिव ३:१० मा मेसेन्जरमा कल आयो। सगुनको रहेछ। मनले पूरै सिध्यायो, टाउको चटचटी भयो, हिम्मत गरेर उठाएँ। सगुन रोइरहेकी थिइन्, नर्स यताउति गर्दै हुनुहुन्थ्यो।

बाबुलाई आइसियूमा राखेदेखि भाइ भीम तिवारी भर्जिनियाबाट मेम्फिस आइपुगेका थिए। करिब एक घण्टाअघि भीम बस्ने ठाउँ टार्गेट हाउस गएका रहेछन्। मैले तुरुन्त भीमलाई फोन गरेँ, उनी अस्पताल आइपुगे।

केहीबेरमा डाक्टरको टोली आइपुगेर बाबुले हामीलाई छोडेको प्रमाणित गर्नु भयो। उहाँहरूले अंगालो मारेर रुँ:दै बाबुलाई अन्तिम श्र,द्धान्जली दिनुभयो र आफूहरूले अनेकन प्रयास गर्दा पनि बाबुलाई बचाउन नसकेकोमा हामीसँग क्षमा माग्नु भयो।

हामी अकमक्क पर्यौं। सायद स्वर्ग भनेकै सेन्ट ज्युड हस्पिटल र भगवान भनेका त्यहीका डाक्टर जस्तो लाग्थ्यो हामीलाई। यो दुनियाँमा त्यहाँ जत्तिको मानवीयता र सहज वातावरण अन्त कतै छैन जस्तो लागेको छ हामीलाई।

हाम्रा इच्छाहरू सोध्नु भयो, हामीले बाबुलाई छिटो नेपाल लैजाने वातावरण मिलाइदिन र बाबुको हात-खुट्टाको प्रिन्ट निकाल्दिन भन्यौँ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal