अब आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँ,क्ने हाे । गगन थापा
काठमाण्डाै = नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताउनु भएको छ ।
आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै महामन्त्री थापाले सञ्चार कर्मीमाझ यस्तो भनाइ राख्नु भएको हो । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको उहाँकाे भनाइ थियो ।
महामन्त्री थापाले अबको चुनापछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताउनुभयो । आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उहाँले बताउनु भयो ।
महामन्त्री थापाले काठमाण्डाै क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि त्यही क्षेत्रबाट चुनावमा उठ्न लागेको जिकिर गर्नु भयाे । उहाँले भन्नु भयो देशलाई यहाँ सम्म ल्याउन रानीतिक दलका नेताहरूले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिँदै, आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर पाँच वर्षको निम्ति देश हाँ क्ने हाे ।
आफैँ ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो । आफ्नो कर्म गर्ने हो। त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला । यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदैछ । मैले यो पटक सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु । त्यसका निम्ति चाहिने सपना मसँग छ ।
जोश मसँग छ । चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु । यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु ।महामन्त्री थापाले सांसदको रूपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागिपरेको दा बी समेत गर्नु भयो ।”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





