दशैंको भोलिपल्ट पोर्चुगलमा एक नेपालीले ज्यान गु,माए

२०७९ आश्विन २३ गते, आईतवार

पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्।

बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिखमा हृ,दयघातका कारण नि,धन भएको बुझिएको छ ।

अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । उनको मृ,त्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस्पताल लगेको छ । उनको नि,धनले पोर्चुगलको नेपाली समाज शो,कमा डुबेको छ ।

याे पनि- मुलुकको कानून कार्यान्वयन गराउने निकाय नेपाल प्रहरीको हेडक्वार्टरको अति निकट एउटा ठूलो भवन छ जसले मुलुकको कानूनको धज्जी उडाइरहेको छ तर पनि नेपाल प्रहरी चूपचाप छ।

यो यस्तो भवन हो जसले नेपाल राष्ट्र बैंकको हरेक बर्ष हुने निरीक्षणलाई पनि ठाडै चुनौती दिँदै आएको छ। अव काठमाडौंका मेयर बालेन्द्र शाह एक्सनमा उत्रिएका छन्, उनका लागि पनि यो भवन हिम्मत परीक्षणको ठूलो उदाहरण बन्ने भएको छ।

नेपाल प्रहरीका महानिरीक्षकको निवास र मुख्यालय, नारायण चौर नक्सालको नाकैमुनि रहेको यो भवन शुभ एपार्टमेण्ट एण्ड ल्याण्ड डेभलपमेण्ट कम्पनीको हो।

नारायण चौरबाट प्रहरी हेडक्वार्टरतर्फ जाँदा देब्रेतिर पर्ने गगनचुम्बी यो भवन बनेकै निकै बर्ष भइसकेको छ।

काठमाडौंका मेयर बालेन्द्र शाहले काठमाडौंमा अनाधिकृतरुपमा बनाइएका संरचनाहरु हटाउने र पार्किङका लागि अनुमति लिएर पूरै फ्ल्याट भाडामा लगाएर कमाउने ठूला व्यापारीहरुका कुकर्ममाथि प्रहार गर्दै जे कामका लागि अनुमति लिएको हो त्यसैका लागि प्रयोग गराउने अभियान नै चलाएकाले शुभ अपार्टमेण्टको यो भवनको मनपरि पनि सार्वजानिक भएको हो।

यसका संचालकले भवनको अनुमति लिँदा पार्किङ बनाउँछु भनेर लिएको कागजातहरुले प्रष्ट देखाएको छ। तर, सो तल्लामा उनले बैंकलाई भाडामा लगाएका छन्।

बैंकमात्र होइन पार्किङ राख्नु पर्ने ठाउँमा कफी शप पनि राखिएको छ। प्राप्त कागजातअनुसार, बैंक र कफी सप राखिएको तल्लामा “पार्किङ प्रयोजनका लागि मात्र भनेर लेखिएको छ।

 

 

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal