गठबन्धनको सहयोगमा रुपन्देही (१ ) बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा
२०७९ आश्विन २३ गते, आईतवार
काठमाण्डाै = नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
उहाँले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताउनु भएको छ ।
उहाँले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गर्नु भयो ।
सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १,माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।”
107 Views