प्रत्येक वर्ष दसैमा भक्तपुरको ब्रम्ययणी मन्दिरमा छोरा पाउने आशमा यसरी नै जिउमा बत्ती बाल्नेहरु रहेका हुन्छन् । पुरा हेर्नुस् ।
भक्तपुरका ४९ वर्षीय कृष्णप्रसाद दुवालले यसवर्ष जिउमा बत्ती बालेका छन् । उनले ५ लिटर तिलको तेल बालेका हुन् । उनले ६:३० बजेदेखि करिब ११:३० बजेसम्म जिउँमा बत्ती बालेका थिए ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ कमिचा गल्ली बस्ने ५८ वर्षीय कृष्ण प्रसाद सैँजुले पनि ३ चोटी बत्ती यसरी बलेको स्मरण गरे । उनले ३ चोटी सिनामं तुलेगु (आफ्नो घरबाट ब्रम्हायणी मन्दिरसम्म गोलगोल गुल्टेर मन्दिर पुग्ने ) गरे ।
भक्तपुरको दसैंको यो एउटा फरक पाटो हो । प्रत्येक वर्ष दसैमा भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्ययणी मन्दिरमा यसरी नै जिउमा बत्ती बाल्नेहरु रहेका हुन्छन् । यो वर्ष सुतेर जिउमा बत्ती बाल्ने एकजना थिए भने मेचमा बसेर जिउँमा बत्ती बाल्ने करिब ८ जना थिए ।
जिउमा बत्ती बल्ने दुई प्रकारको हुन्छ । एउटा मेचमा बसेर टाउको, कुमको दुई साइत र हातमा दुईता गरी जम्मा ५ वटा बत्ती बाल्ने र अर्को पुरै सुतेर जिउको माथि गोबर लगाएर गोबरको माथि १ सय ८ वटा घिरवा (बत्ती) बाल्ने ।
यो सबै आफ्नै इच्छाले गर्ने गरिन्छ । इच्छाएको व्यक्तिले ब्रम्हायणीमा ब्रम्हायणी मन्दिरको चारैतिरका ठाउँहरुमा बती बाल्ने गरिन्छ । आफूले गरेको सबै काम सफल होस् र घर परिवारको सुख शान्तिको लागि भनी यसरी बत्ती बाल्ने गरिन्छ । यसका लागि साथीभाइ आफन्तले सहयोग गरेका हुन्छन् ।
ब्रम्हायणीमा यसरी बत्ती बालिरहेको भक्तपुर नगरको घखाँका कृष्ण त्यात ७ चोटी जिउमा बत्ती बालिसकेको बताउँछन् । त्यस्तै भक्तपुर नगरपालिका वडा नम्बर ८ का जगातीका सुशन सुवालले ३ चोटी जिउमा बत्ती बालिसकेको बताए ।
भक्तपुरको चाडपर्व भन्ने वित्तिकै अरुको भन्दा फरक नै हुन्छ, एकजना जात्राप्रेमी कृष्ण प्रजापतिले भने, यसरी नै दसैंमा बत्ती बाल्ने पनि यहाँको दसैंका फरकपना वा विशेषता नै हो ।दसैको दसौं दिन अर्थात् दशमीको दिन भक्तपुरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरमा बिहानैदेखि मेला लाग्ने गर्छ । मेलामा बाजागाजा मात्र नभई जिउँमा बत्ती बाल्ने भक्तजनको पनि भीडभाड हुन्छ ।
स्थानीयबासीको भनाइ अनुसार आफ्नो आटेका काम, इच्छाएको काम पुगोस् भनेर बत्ती बाल्ने चलन रहेको छ । पहिला पहिला भए छोरा नभएकाहरुले छोरो पाओस् भनेर पनि यसरी बत्ती बाल्ने उनीहरुको भनाइ छ।१० वर्षको उमेरमा बत्ती बालेको स्मरण गरे । बाहिर जाने तयारीमा रहेको र बाहिर गएपछि पछि बत्ती बाल्न सकिन्छ कि सकिदैन भनेर यो वर्ष पनि बत्ती बालेको उनी सुनाउँछन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





