प्रत्येक वर्ष दसैमा भक्तपुरको ब्रम्ययणी मन्दिरमा छोरा पाउने आशमा यसरी नै जिउमा बत्ती बाल्नेहरु रहेका हुन्छन् । पुरा हेर्नुस् ।

२०७९ आश्विन २२ गते, शनिबार

भक्तपुरका ४९ वर्षीय कृष्णप्रसाद दुवालले यसवर्ष जिउमा बत्ती बालेका छन् । उनले ५ लिटर तिलको तेल बालेका हुन् । उनले ६:३० बजेदेखि करिब ११:३० बजेसम्म जिउँमा बत्ती बालेका थिए ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ कमिचा गल्ली बस्ने ५८ वर्षीय कृष्ण प्रसाद सैँजुले पनि ३ चोटी बत्ती यसरी बलेको स्मरण गरे । उनले ३ चोटी सिनामं तुलेगु (आफ्नो घरबाट ब्रम्हायणी मन्दिरसम्म गोलगोल गुल्टेर मन्दिर पुग्ने ) गरे ।

 

 

भक्तपुरको दसैंको यो एउटा फरक पाटो हो । प्रत्येक वर्ष दसैमा भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्ययणी मन्दिरमा यसरी नै जिउमा बत्ती बाल्नेहरु रहेका हुन्छन् । यो वर्ष सुतेर जिउमा बत्ती बाल्ने एकजना थिए भने मेचमा बसेर जिउँमा बत्ती बाल्ने करिब ८ जना थिए ।

 

जिउमा बत्ती बल्ने दुई प्रकारको हुन्छ । एउटा मेचमा बसेर टाउको, कुमको दुई साइत र हातमा दुईता गरी जम्मा ५ वटा बत्ती बाल्ने र अर्को पुरै सुतेर जिउको माथि गोबर लगाएर गोबरको माथि १ सय ८ वटा घिरवा (बत्ती) बाल्ने ।

 

 

यो सबै आफ्नै इच्छाले गर्ने गरिन्छ । इच्छाएको व्यक्तिले ब्रम्हायणीमा ब्रम्हायणी मन्दिरको चारैतिरका ठाउँहरुमा बती बाल्ने गरिन्छ । आफूले गरेको सबै काम सफल होस् र घर परिवारको सुख शान्तिको लागि भनी यसरी बत्ती बाल्ने गरिन्छ । यसका लागि साथीभाइ आफन्तले सहयोग गरेका हुन्छन् ।

 

 

ब्रम्हायणीमा यसरी बत्ती बालिरहेको भक्तपुर नगरको घखाँका कृष्ण त्यात ७ चोटी जिउमा बत्ती बालिसकेको बताउँछन् । त्यस्तै भक्तपुर नगरपालिका वडा नम्बर ८ का जगातीका सुशन सुवालले ३ चोटी जिउमा बत्ती बालिसकेको बताए ।

 

 

भक्तपुरको चाडपर्व भन्ने वित्तिकै अरुको भन्दा फरक नै हुन्छ, एकजना जात्राप्रेमी कृष्ण प्रजापतिले भने, यसरी नै दसैंमा बत्ती बाल्ने पनि यहाँको दसैंका फरकपना वा विशेषता नै हो ।दसैको दसौं दिन अर्थात् दशमीको दिन भक्तपुरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरमा बिहानैदेखि मेला लाग्ने गर्छ । मेलामा बाजागाजा मात्र नभई जिउँमा बत्ती बाल्ने भक्तजनको पनि भीडभाड हुन्छ ।

 

 

स्थानीयबासीको भनाइ अनुसार आफ्नो आटेका काम, इच्छाएको काम पुगोस् भनेर बत्ती बाल्ने चलन रहेको छ । पहिला पहिला भए छोरा नभएकाहरुले छोरो पाओस् भनेर पनि यसरी बत्ती बाल्ने उनीहरुको भनाइ छ।१० वर्षको उमेरमा बत्ती बालेको स्मरण गरे । बाहिर जाने तयारीमा रहेको र बाहिर गएपछि पछि बत्ती बाल्न सकिन्छ कि सकिदैन भनेर यो वर्ष पनि बत्ती बालेको उनी सुनाउँछन् ।

 

 

97 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal