कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य भाईरल हुने चक्करले विवादमा फसिन पूरा हेर्नुहोस।

२०७९ आश्विन २२ गते, शनिबार

कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य विवादमा तानिएकी छन्। दसैंको दिन संवेदनशील अंगबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा मुछिएकी हुन्। नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आर्शिवाद लिने दिने चलन रहेको छ।

 

 

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आर्शिवाद लिने गरिन्छ। टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन्। सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ। तर, ती गायिका भनिएकी लक्ष्मी आचार्यले भने चर्चित हुने चक्करमा अंगबीच जमरा टाँसेकी थिइन्। ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन्।

 

 

उनको त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ। ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशील अंगमा कसले लगाइदियो ? भनेर पनि धेरैले जिज्ञासा राखेका छन्। उनले दसैंको अवसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन्। आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन्।

 

 

यता आचार्यले भने यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन्। ठुलाबडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ। आलोचना भएपछि उक्त तस्बिरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन्।

 

 

उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकार हुन्। २०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर सर्वाधिक भाइरल भएको थियो। शुक्रबार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ।

 

 

पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घ,टना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका थिए। गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको थियो। कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको उक्त तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ।

 

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal