इजरायल बस्ने नातिनीकाे (अनलाइन)स्याहारले बाैरिए १०१, वर्षीय बाजे
म्याग्दी = बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।
छोरा,बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिइ आफ्नो अन्तिम दिनको प्रतिक्षा गरिरहेका छन् । तर म्याग्दीको मालिका गाउँपालिका २ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश इजरायलमा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनु भएको छ ।
रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसार देखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा बाजेको स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिइ घरमा आउनु भएकी नातिनी विष्णु पुन मगर )२४ घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ।
१०१, वर्षको वृद्ध व्यक्ति त्यसै नै शिथिल हुन्छन् । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरू शारीरिकरूपले मात्रै नभइ मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।
तर शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरू मगाइदिने गर्नु हुन्थ्यो ।
विष्णुले घरका सदस्यलाई अरू काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनुहुन्थ्यो । परिवारका सदस्यले पनि त्यहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरू सिकाउने, आफन्त इष्टमित्रहरूको खबर बुझ्ने लगायतका कुराहरू गर्नुहुन्छ ।
बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाइ विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाइ सेवा गर्न थालेपछि शिवलाल शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने परिवारका सदस्यहरू सँग गफिने गर्न थाल्नु भएको छ ।
विगत १५ वर्षदेखि इजरायलमा बस्दै आउनुभएकी विष्णु त्यहाँ वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ । गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । युवा अवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उहाँलाई भेट्न आउनेहरूको भिड नै लाग्ने गर्छ ।
१०१, पार गरेका वृद्ध,वृद्धालाई मानिसको रूपमा नभइ भगवानका रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उहाँहरूले आफ्नो जीवनकालमा गरेका कामहरू समाजका लागि अनुकरणीय हुने गर्दछन् ।
बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उहाँहरूलाई कसरी स्याहारसुसार गर्नु पर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउनु हुन्छ । आफ्नै खर्चमा ती वृद्ध,वृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनु भएको
छ ।
शिवलालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरू विवाह गरेर आआफ्नो कर्मघरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्नुहुन्छ । शिवलालका तीन सन्तानबाट १५, जना छोरा छोरी र तिनका २५, जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेखदेखमा खटिने गर्नुहुन्छ ।
बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ । उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभइ ओजको रूपमा लिन र उहाँहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबै सँग आग्रह समेत गर्नु भएको छ ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





