इजरायल बस्ने नातिनीकाे (अनलाइन)स्याहारले बाैरिए १०१, वर्षीय बाजे

२०७९ आश्विन १९ गते, बुधबार

म्याग्दी = बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।

छोरा,बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिइ आफ्नो अन्तिम दिनको प्रतिक्षा गरिरहेका छन् । तर म्याग्दीको मालिका गाउँपालिका २ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश इजरायलमा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनु भएको छ ।

 

रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसार देखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा बाजेको स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिइ घरमा आउनु भएकी नातिनी विष्णु पुन मगर )२४ घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ।

 

१०१, वर्षको वृद्ध व्यक्ति त्यसै नै शिथिल हुन्छन् । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरू शारीरिकरूपले मात्रै नभइ मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।

 

तर शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरू मगाइदिने गर्नु हुन्थ्यो ।

 

विष्णुले घरका सदस्यलाई अरू काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनुहुन्थ्यो । परिवारका सदस्यले पनि त्यहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरू सिकाउने, आफन्त इष्टमित्रहरूको खबर बुझ्ने लगायतका कुराहरू गर्नुहुन्छ ।

 

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाइ विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाइ सेवा गर्न थालेपछि शिवलाल शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने परिवारका सदस्यहरू सँग गफिने गर्न थाल्नु भएको छ ।

 

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आउनुभएकी विष्णु त्यहाँ वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ । गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । युवा अवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उहाँलाई भेट्न आउनेहरूको भिड नै लाग्ने गर्छ ।

१०१, पार गरेका वृद्ध,वृद्धालाई मानिसको रूपमा नभइ भगवानका रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उहाँहरूले आफ्नो जीवनकालमा गरेका कामहरू समाजका लागि अनुकरणीय हुने गर्दछन् ।

 

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उहाँहरूलाई कसरी स्याहारसुसार गर्नु पर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउनु हुन्छ । आफ्नै खर्चमा ती वृद्ध,वृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनु भएको
छ ।

शिवलालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरू विवाह गरेर आआफ्नो कर्मघरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्नुहुन्छ । शिवलालका तीन सन्तानबाट १५, जना छोरा छोरी र तिनका २५, जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेखदेखमा खटिने गर्नुहुन्छ ।

 

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ । उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभइ ओजको रूपमा लिन र उहाँहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबै सँग आग्रह समेत गर्नु भएको छ ।

 

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal