मैले जिते भने देशलाई साउथ एशियाको टपमा पुर्याउँछु । सर्वेन्द्र खनाल
काठमाण्डौं पूर्व प्रहरी महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल आसन्न मंसिर ४, मा हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । केही दिन अघि नेकपा एमाले प्रवेश गरेका खनालले चुनाव लड्न मधेस प्रदेश रोज्ने संकेत गरेका छन् ।
उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४, वा पर्साको निर्वाचन क्षेत्र नम्बर २ मध्य एक क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छन् । करिव दुई दशक अघि प्रहरीको जिम्मेवारीमा हुँदा बारा र पर्सामा काम गरेका खनालले पूर्व,पश्चिम राजमार्ग, पथलैया,वीरञ्ज औधोगिक करिडोरसँगै जोडिएको उक्त क्षेत्रमा चुनाव लड्ने इच्छा देखाएको पाइन्छ । बारा क्षेत्र नम्बर ४ मा मेरो चर्चा १ वर्षदेखि नै भएको हो । तर अब पार्टीले टिकट दिन के गर्छ हेरौँ रातोपाटीसँगको कुराकानीमा खनालले भने ।
गठबन्धनले बारा क्षेत्र नं ४, मा पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेको तर्फबाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ ।
चौधरीको एकल नाम सिफारिस भएपनि गठबन्धनका उम्मेदवार श्रेष्ठसँगको प्रतिष्पर्धामा चौधरी कमजोर उम्मेदवार भएकोले अन्तिम समयमा खनाल आउन सक्ने सम्भावना रहेको एमालेकै नेताहरु बताउछन् ।
यो ठाउँको विकासको खाका म सँग छ। यहाँका जनताले सर्वेन्द्रलाई चाहन्छन् भन्ने कहीँबाट माग आउनुपर्यो भन्ने मेरो ईच्छा हो । खनालले भने टिकट पाएर जिते भने यो देशलाई सबैले सिंगापुर बनाउछु भन्छन् तर मैले यो देशलाई चिनाउने खालको साउथ एशियाको टपमै पुर्याउँछु ।
उम्मेदवारीको चर्चा चलेसँगै पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुन खनाल शुक्रबार बारा आएका थिए । पचरौतामा युवा संघको नगर अधिवेशन तथा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा खनाललाई प्रमुख अतिथि बनाइएको थियो ।”
म यहाँबाट लड्छु भन्दा पनि टिकट दिने त पार्टीले हो । यहाँ हाम्रो जनाधार असाध्यै राम्रो छ भनेर म चर्चा बटुल्न चाहन्न, राम्रो छ भने यहाँका जनताले भन्नु पर्यो उनले भने ।
पार्टीले बारा ४, र पर्सा २, बाहेक अन्य क्षेत्रमा जिम्मेवारी दिए पनि सो क्षेत्रमा चुनाव लड्न आफू तयार भएको उनले बताए । खनालले बारा र पर्सा बाहेक तनहुँ १, मा पनि आफ्नो चर्चा भएको बताए ।
बारा ४, मा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पारिवारिक रुपमा निकट रहेका खनालले श्रेष्ठसँग प्रतिष्पर्धा गर्ने आफ्नो विचार नभएको टिप्पणी गरे।नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा बिताएका खनालले अपराध नियन्त्रण, बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक कुरिती वि रुद्ध अभियान चलाएका थिए ।
प्रहरी सेवाबाट अवकाश भएपछि पनि उनी विवादमा फसे । २०७७, मा तत्कालीन समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदा एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठसँगै खनालको पनि संलग्नता थियो ।
अवकाश भएपछि एमालेसँगको निकटता देखाएका उनी यही असोज ६ गते एमालेमा औपचारिक रुपमा जोडिएका थिए । पार्टीले मधेसबाट उम्मेदवार बनाए हिजो कर्मचारी भएर बुझेको मधेसका जनतालाई सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउने उनको धोको छ ।
यही क्षेत्र भनेर मैले भन्नु भन्दा पनि पार्टीले कहाँको जिम्मेवारी दिन्छ त्यो महत्वपूर्ण विषय हो । खनालले भने । तर मधेसबाट उम्मेदवारी दिने अवसर पाए हिजो कर्मचारी भएर बुझेको मधेसका जनतालाई सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउने मेरो धोको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





