मैले जिते भने देशलाई साउथ एशियाको टपमा पुर्‍याउँछु । सर्वेन्द्र खनाल

२०७९ आश्विन १८ गते, मंगलवार

काठमाण्डौं पूर्व प्रहरी महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल आसन्न मंसिर ४, मा हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । केही दिन अघि नेकपा एमाले प्रवेश गरेका खनालले चुनाव लड्न मधेस प्रदेश रोज्ने संकेत गरेका छन् ।

 

उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४, वा पर्साको निर्वाचन क्षेत्र नम्बर २ मध्य एक क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छन् । करिव दुई दशक अघि प्रहरीको जिम्मेवारीमा हुँदा बारा र पर्सामा काम गरेका खनालले पूर्व,पश्चिम राजमार्ग, पथलैया,वीरञ्ज औधोगिक करिडोरसँगै जोडिएको उक्त क्षेत्रमा चुनाव लड्ने इच्छा देखाएको पाइन्छ । बारा क्षेत्र नम्बर ४ मा मेरो चर्चा १ वर्षदेखि नै भएको हो । तर अब पार्टीले टिकट दिन के गर्छ हेरौँ रातोपाटीसँगको कुराकानीमा खनालले भने ।

 

गठबन्धनले बारा क्षेत्र नं ४, मा पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेको तर्फबाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ ।

 

चौधरीको एकल नाम सिफारिस भएपनि गठबन्धनका उम्मेदवार श्रेष्ठसँगको प्रतिष्पर्धामा चौधरी कमजोर उम्मेदवार भएकोले अन्तिम समयमा खनाल आउन सक्ने सम्भावना रहेको एमालेकै नेताहरु बताउछन् ।

 

यो ठाउँको विकासको खाका म सँग छ। यहाँका जनताले सर्वेन्द्रलाई चाहन्छन् भन्ने कहीँबाट माग आउनुपर्यो भन्ने मेरो ईच्छा हो । खनालले भने टिकट पाएर जिते भने यो देशलाई सबैले सिंगापुर बनाउछु भन्छन् तर मैले यो देशलाई चिनाउने खालको साउथ एशियाको टपमै पुर्‍याउँछु ।

 

उम्मेदवारीको चर्चा चलेसँगै पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुन खनाल शुक्रबार बारा आएका थिए । पचरौतामा युवा संघको नगर अधिवेशन तथा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा खनाललाई प्रमुख अतिथि बनाइएको थियो ।”

 

म यहाँबाट लड्छु भन्दा पनि टिकट दिने त पार्टीले हो । यहाँ हाम्रो जनाधार असाध्यै राम्रो छ भनेर म चर्चा बटुल्न चाहन्न, राम्रो छ भने यहाँका जनताले भन्नु पर्यो उनले भने ।

 

पार्टीले बारा ४, र पर्सा २, बाहेक अन्य क्षेत्रमा जिम्मेवारी दिए पनि सो क्षेत्रमा चुनाव लड्न आफू तयार भएको उनले बताए । खनालले बारा र पर्सा बाहेक तनहुँ १, मा पनि आफ्नो चर्चा भएको बताए ।

 

बारा ४, मा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पारिवारिक रुपमा निकट रहेका खनालले श्रेष्ठसँग प्रतिष्पर्धा गर्ने आफ्नो विचार नभएको टिप्पणी गरे।नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा बिताएका खनालले अपराध नियन्त्रण, बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक कुरिती वि रुद्ध अभियान चलाएका थिए ।

 

प्रहरी सेवाबाट अवकाश भएपछि पनि उनी विवादमा फसे । २०७७, मा तत्कालीन समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदा एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठसँगै खनालको पनि संलग्नता थियो ।

 

अवकाश भएपछि एमालेसँगको निकटता देखाएका उनी यही असोज ६ गते एमालेमा औपचारिक रुपमा जोडिएका थिए । पार्टीले मधेसबाट उम्मेदवार बनाए हिजो कर्मचारी भएर बुझेको मधेसका जनतालाई सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउने उनको धोको छ ।

 

यही क्षेत्र भनेर मैले भन्नु भन्दा पनि पार्टीले कहाँको जिम्मेवारी दिन्छ त्यो महत्वपूर्ण विषय हो । खनालले भने । तर मधेसबाट उम्मेदवारी दिने अवसर पाए हिजो कर्मचारी भएर बुझेको मधेसका जनतालाई सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउने मेरो धोको छ ।

107 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal