दलित केटी इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा अहिले सामाजिक परम्परा अनुसार धुमधामले गरे विवाह….

२०७९ आश्विन ९ गते, आईतवार

राप्ती नगरपालिका वडा नम्बर ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार सोही वडामा बसोबास गर्ने राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो ।

 

 

इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए । सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै समाजमा कोहि सानो जात र ठूलो जात हुदैन, सबै समान हो भन्ने उदाहरण दिनको निम्ति पनि हामिले बाजागाजा र जन्ती भोज सहित सबैलाइ देखाएर बिबाह गरेको भन्दै आफू र आफ्नो परिवार अत्यन्तै खुशी भएको तामाङले बताए ।

 

 

३० बर्षे तामाङ वैदेशिक रोजगारबाट भरखरै नेपाल फर्केका हुन भने २७ बर्षे मिजार गाउमै सिलाइ कटाइको ब्यबसाय गर्दै आएकी थिइन । हामिले एउटा आट गरेका छौ यो अब राप्ती नगरपालिकाबाट सुरु भएको अन्तरजातीय बिबाह देश भर बिनाभेदभाव सबैका लागि स्विकार्य हुनु पर्छ र गरिनु पर्छ हामी अत्यन्तै खुशी छौ दुलहाका भिनाजु बुद्धि मुक्तानले भने ।

 

 

तामाङ ज्वाइँ पाएकोमा आफू खुशी भएको र सम्धी सम्धिनी पनि खुशी भएको दुलहीकि आमा बिन्दा मिजारले बताइन । २० दिन अगाडि सामाजिक परम्परा अनुसार टिकाटालो गरि केटा पक्षले आफ्नो घरमा बौद्ध परम्परा अनुसार बिबाह गर्ने र यता केटि पक्षले हिन्दु परम्परा अन्तरगत बिबाह भएको दुलहिकी दिदी गिता मिजारले बताइन ।

 

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal