रेनकोट लगाएर पढाउछन् शिक्षक ,छाता ओढेर पढ्न बाध्य छन् बिद्यार्थी !
दैलेख । छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् ।विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ ।कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।भारत सरकारको ३ करोड ८४ लाखको लागतमा २०७० सालमा निर्माण सुरु भएको यो भवन ६ बर्षसम्म ढलानमै सीमित भएको छ ।
निर्माणको जिम्मा लिएको खानी निर्माण सेवा बानेश्वर काठमाडौंले भारतीय दुतावासले एक बर्षमा १५ लाखका दरले मात्रै पैसा दिने भएकाले काममा ढिलाई भएको बताउँदै आएको छ ।भवन निर्माणलाई तीव्रता दिन बिद्यालय व्यवस्थापन समिति पटक–पटक दुतावास पुगेका छन् तर, दुतावास र निर्माण कम्पनीले विद्यालय र विद्यार्थीको पीडा भने बुझेनन् । उता भारतीय दुतावासको सहयोगमा भवन बन्दै गरेको भन्दै जिल्ला शिक्षा एकाईले पनि कुनै सक्रियता देखाएको छैन ।४ सय ५० विद्यार्थीहरु रहेका यस विद्यालयमा अहिले यही कारण विद्यार्थीहरु टाढाको स्कुल जान बाध्य भइरहेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





