रेनकोट लगाएर पढाउछन् शिक्षक ,छाता ओढेर पढ्न बाध्य छन् बिद्यार्थी !

२०७६ असार १४ गते, शनिबार

दैलेख । छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् ।विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ ।कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।भारत सरकारको ३ करोड ८४ लाखको लागतमा २०७० सालमा निर्माण सुरु भएको यो भवन ६ बर्षसम्म ढलानमै सीमित भएको छ ।

निर्माणको जिम्मा लिएको खानी निर्माण सेवा बानेश्वर काठमाडौंले भारतीय दुतावासले एक बर्षमा १५ लाखका दरले मात्रै पैसा दिने भएकाले काममा ढिलाई भएको बताउँदै आएको छ ।भवन निर्माणलाई तीव्रता दिन बिद्यालय व्यवस्थापन समिति पटक–पटक दुतावास पुगेका छन् तर, दुतावास र निर्माण कम्पनीले विद्यालय र विद्यार्थीको पीडा भने बुझेनन् । उता भारतीय दुतावासको सहयोगमा भवन बन्दै गरेको भन्दै जिल्ला शिक्षा एकाईले पनि कुनै सक्रियता देखाएको छैन ।४ सय ५० विद्यार्थीहरु रहेका यस विद्यालयमा अहिले यही कारण विद्यार्थीहरु टाढाको स्कुल जान बाध्य भइरहेका छन् ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal