कैलाली बाढी = सडक मा बसेका गर्भवती र सुत्केरी समस्यामा
कैलालीमा बाढीपछि सयौँ परिवार थाक थलोबाट विस्थापित भएका छन् । ती परिवार सडकउच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीमा रहेकाे हुलाकी सडकमा दुई वर्षमुनिका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बाल बालिका र आमाहरुलाई थप समस्या भएको छ ।
भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनु भयो । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो,लिटो र थप खानेकुरा खुवाउँथे यहाँ त आफैँ भोकै छु । उहाँले भन्नु भयो। पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।
दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । घरमा थप खानेकुरा खान्थ्यो यहाँ त केही पाएको छैन । बच्चा रातभर रोएको छ ।उहाँले भन्नु भयो । यहाँ सडकमा आमाले त खान पाएका छैनौँ बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।
अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनु भयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उहाँको बच्चालाई रुघाखोकी सुरु भएको छ । घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ बच्चा भिजेर निर्थुक्कै भएको थियो । उहाँले भन्नु भयो।लौ न सरकार भएको महसुस गराइ दिनुपर्यो । हामी त बर्बाद भयौँ ।
भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिन छिनमा खानेकुरा खाने सानुको बच्चाले शनिवार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । हामी त दु;ख सुख सहन सक्छौँ ।बच्चाले सहन सकेको छैन ।घर जाउ भन्छ । घर बाढीमा डुबेको छ ।उहाँले भन्नु भयो, लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।
भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै त्याे दिन खटिसकेका जानकारी दिनु भयो । हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ । स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ । उहाँले भन्नु भयो ।यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।
हरेक विपद् तथा महामारीका समयमा अन्य मानिस भन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनु भयो । सुत्केरी र गर्भवतीलाई अन्य मानिस भन्दा बढी पोषण चाहिन्छ। बालबालिकालाई थप खानेकुरा चाहिन्छ । उहाँले भन्नुभयो, महिला महिनावारी हुन्छन्, । स्यानिटर प्याड चाहियो । शौचालय पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।
यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर , विद्यालय तथा सडकमा बसिरहेका छन् ।”
ताजा
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबार
विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
२०८३ भाद्र १० गते, बुधबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
२०८३ भाद्र १० गते, बुधबार
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते, बुधबार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





