कैलाली बाढी = सडक मा बसेका गर्भवती र सुत्केरी समस्यामा

२०७९ आश्विन ३ गते, सोमबार

कैलालीमा बाढीपछि सयौँ परिवार थाक थलोबाट विस्थापित भएका छन् । ती परिवार सडकउच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीमा रहेकाे हुलाकी सडकमा  दुई वर्षमुनिका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बाल बालिका र आमाहरुलाई थप समस्या भएको छ ।

 

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनु भयो । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो,लिटो र थप खानेकुरा खुवाउँथे यहाँ त आफैँ भोकै छु । उहाँले भन्नु भयो। पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।

 

दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । घरमा थप खानेकुरा खान्थ्यो यहाँ त केही पाएको छैन । बच्चा रातभर रोएको छ ।उहाँले भन्नु भयो । यहाँ सडकमा आमाले त खान पाएका छैनौँ बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।

 

अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनु भयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उहाँको बच्चालाई रुघाखोकी सुरु भएको छ । घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ बच्चा भिजेर निर्थुक्कै भएको थियो । उहाँले भन्नु भयो।लौ न सरकार भएको महसुस गराइ दिनुपर्यो । हामी त बर्बाद भयौँ ।

 

भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिन छिनमा खानेकुरा खाने सानुको बच्चाले शनिवार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । हामी त दु;ख सुख सहन सक्छौँ ।बच्चाले सहन सकेको छैन ।घर जाउ भन्छ । घर बाढीमा डुबेको छ ।उहाँले भन्नु भयो, लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।

 

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै त्याे दिन खटिसकेका जानकारी दिनु भयो । हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ । स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ । उहाँले भन्नु भयो ।यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।

 

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिस भन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनु भयो । सुत्केरी र गर्भवतीलाई अन्य मानिस भन्दा बढी पोषण चाहिन्छ। बालबालिकालाई थप खानेकुरा चाहिन्छ । उहाँले भन्नुभयो, महिला महिनावारी हुन्छन्, । स्यानिटर प्याड चाहियो । शौचालय पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।

 

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर , विद्यालय तथा सडकमा बसिरहेका छन् ।”

68 Views

ताजा

प्लस टु शिक्षालाई उदाहरणीय बनाउने लक्ष्यका साथ अघि बढ्दै रत्नराज्य माबि

२०८१ असार १९ गते, बुधबार

प्लस टु शिक्षालाई उदाहरणीय बनाउने लक्ष्यका साथ अघि बढ्दै रत्नराज्य माबि

२०८१ असार १९ गते, बुधबार

गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन आवश्यक थियोः उपेन्द्र यादव

२०८१ असार १८ गते, मंगलवार

भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि टिक्न दिएनन्ः गृहमन्त्री लामिछाने

२०८१ असार १८ गते, मंगलवार

२० लाखभन्दा धेरै पुरुषले वर्षेनी रक्सीकै कारण गुमाइरहेछन् ज्यान

२०८१ असार १७ गते, सोमबार

भोलिबाट ‘पूर्णविराम’ मञ्चन हुँदै

२०८१ असार १६ गते, आईतवार

छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड सम्पन्न

२०८१ असार १६ गते, आईतवार

गीतकार प्रितम श्रेष्ठको ‘मायालु’ सार्वजनिक (भिडियो)

२०८१ असार १६ गते, आईतवार

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार

२०८१ असार ३ गते, सोमबार

नेपालले तेस्रो विकेट पनि गुमायो

२०८१ असार ३ गते, सोमबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal