चोलेन्द्रलाई राष्ट्रपतिको साथ । प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितल निवास जाँदै ।

२०७९ आश्विन ३ गते, सोमबार

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजर बन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितल निवासबाट भने उनले ग्रिन सिग्नल पाएकाछन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्र शमशेर जबरालाई साथ दिएकी छिन् । परमादेशबाट बनेको सरकारले राणालाई दिएको सेवासुविधा खोसेको बेला उनलाई प्रधानन्यायाधिशकै हैसियतमा राष्ट्रपति भण्डारीले शितल निवासमा निम्ता गरेकी छन् । यो बिषयले राजनितिक वृतमा ठूलो तरंग गएको छ ।

 

चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले निम्ता पठाएकी छन्। राणाको हैसियतका बिषयमा प्रश्न उठिरहेका बेला राष्ट्रपति भण्डारीको यो कदमले सबैलाई चकितपारेको छ।

 

चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ।प्रधानमन्त्री श‍ेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जानरोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी छन्।

 

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्तागरेकी हुन्।

 

राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अल पत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।

 

उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेना लगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरे पछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै उनलाई नजर बन्दमा राखेको छ।

 

 

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal