रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडियो यसरी भयो भाइरल ।
बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीडलागेको उनको परिवारले बताएको छ। उनको उमेर सानो भएकाले बारिसालाई भेट्न न आइदिन समेत परिवारले अनुरोध गरेको छ।
हेटौँडा, पाँचदिन अघि टिकटकमा हेटौँडाकी एक शिक्षिका रोशनी कार्कीले आफ्नो एकाउन्टबाट विद्यालय पोसाकमा नाच्दैगरेका साना विद्यार्थीको भिडियो पोस्ट गरिन्। साँझपख भिडिओ पोस्ट गरेकी उनले त्यसपछि त्यो दिन टिकटक चलाइनन्।
भोलिपल्ट बिहान टिकटक एप्स खोलेर हेर्दा चकित परिन्, किनकि अघिल्लो दिन पोस्टगरेको भिडियो १०,लाख बढीले हेरिसकेका पाइन्। विद्यालयमा केटाकेटी नाचेको भिडिओ रातभरिमा भाइरल भइसकेकोरहेछ।
उनको एकाउन्टबाट डाउनलोड गरेर फेसबुकदेखि ट्वीटरसम्म धेरैले पोस्ट गरेका रहेछन्। टिकटकमा मात्रै नभई सबैजसो सञ्जालमा भाइरल भयो। भिडिओमा दक्षिण भारतीय चलचित्र पुष्पा दराइजको लोकप्रिय गीत सामे सामेमा स्कुले केटाकेटीले नृत्य गरेकाथिए।
भिडियोमा हेटौँडा९, स्थित रसल एकेडेमीमा यूकेजीमा पढ्ने बरिसा क्षेत्रीलगायत साथीहरूले नृत्य गरेका थिए। नृत्य गर्दा बरिसाको हाउभाउले सबैको ध्यानखिचेको हो। भिडिओ शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप गराउँदाको थियो। त्यो पनि अहिले थिएन । ६ ,महिना अघि शुक्रबारको दिनको थियो।
विद्यालयकी तत्कालीन शिक्षिका रोशनी कार्कीले भिडियोखिचेकी थिइन्। तर ६,महिनापछि पाँचदिनअघि मात्रै उनले भिडियो पोस्ट गरेकी छिन्। भिडियो खिच्ने र पोस्ट गर्ने शिक्षिका रोशनीले भने अहिले स्कुल छाडिसकेकी छिन्।”
बरिसा पहिलाबाटै राम्रो नाच्थिन्। शुक्रवारको दिन मैले नै हिन्दी गीतमा नाच्न लाएकोथिए। मोबाइलमा भिडियोथियो। पाँच दिन अघि टिकटकमा हालिदिऊ नभनेर हाल्दिएको थिएँ। भाइरल पो भएछ ।कार्की बताउँछिन्।
रोशनीको टिकटक एकाउन्टबाट हालसम्म उक्त भिडिओ ४० लाख बढी पटक हेरिएको छ। ३ हजार बढी कमेन्ट आएको छ। ५ हजार बढी पटक सेयर भइसकेको छ।”
उनको भिडियोट्वीटरमा तेजा नाम गरेको एक प्रयोगकर्ताले २ दिन अघि सेयर गरेका थिए। उनको उक्त ट्वीटलाई रिट्वीट गर्दै दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले बरिसालाई भेट्नचाहेको समेत प्रतिक्रिया दिइन्।
रश्मिकाले आफू अभिनीत फिल्म पुष्पाकोसामी सामी बोलको गीतमा बरिसाको नृत्यले प्रभावित भएर भेट्ने इच्छा गरेको प्रतिक्रिया दिएकी थिइन्। ‘म यो प्यारीलाई भेट्न चाहन्छु। कसरी सक्छु , भन्दै प्रतिक्रिया जनाइन्। रश्मिकाको प्रतिक्रिया पस्चात बारिसाको भिडियोनेपाल भारतहुँदै विश्वभर भाइरल हुनपुग्यो।
बारिसाको भिडियोमा भारतीय कोरियोग्राफर अभिनेता र चलचित्र निर्देशक रेमो डिसुजाले समेत प्रतिक्रिया जनाएका छन्। उनले समेत बरिसालाई प्रत्यक्ष भेट्न मन लागेको भन्दै नृत्यको तारिफ गरेका छन्। उनलाई हेर्नुहोस मेरो भगवान उनको एक्सप्रेसन अनुग्रह र सबैभन्दा बढी लिप सिंक राम्रो छ। उनलाई प्रत्यक्ष हेर्न मन छ रेमोले इन्स्टाग्राममा लेखेका छन्। भिडियोलाई धेरै बलिवुड कलाकारहरूले सेयर गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन्।
बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीड लागेको उनको परिवारले बताएको छ। उनको उमेरसानो भएकाले बारिसालाई भेट्न न आइदिन समेत परिवारले अनुरोध गरेको छ। उनी सानैदेखि नाच्न रुचाउने भएकाले हिन्दी र नेपाली गीतका हुक स्टेप र शब्द समेत याद गर्छिन् ।उनको परिवारको एक सदस्यले बताए।
त्यही देखेर सबैलाई भिडियोमन परेको हुन सक्ने उनले बताए। बारिसा हाल आफ्नो हजुरबुबा र हजुरआमाको साथ हेटौँडा ९, सिमेन्ट रोडमा बस्छिन्।
भिडियो रश्मिकाले सेयर गरेपछि बरिसा नेपालमा मात्र नभई भारतमा समेत भाइरल बनेको छ। अहिले भारतीय सञ्चारमाध्यममा समेत बरिसा छाएकी छिन्। धेरै मिडियाले उनको बारेमा समाचार लेखेको छ। रश्मिकाका सुपरहिट फिल्म ‘डियर कमरेड पुष्पा लगायतका फिल्म छन्।”
ताजा
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु
२०८२ मंसिर २८ गते, आईतवार
एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया
२०८२ मंसिर २८ गते, आईतवार
कानून मन्त्री अनिलकुमारले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले
२०८२ मंसिर २८ गते, आईतवार
भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
२०८२ मंसिर २८ गते, आईतवार
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु आवश्यकःप्रधानमन्त्री
२०८२ मंसिर २८ गते, आईतवार
ज्ञवाली र शाक्य सक्रिय राजनीतिबाट बिदा
२०८२ मंसिर २८ गते, आईतवार
आईजीपी कार्की भन्छन्–प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो
२०८२ मंसिर २८ गते, आईतवार
मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन
२०८२ मंसिर २८ गते, आईतवार
गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक
२०८२ मंसिर २८ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





