रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडियो यसरी भयो भाइरल ।
बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीडलागेको उनको परिवारले बताएको छ। उनको उमेर सानो भएकाले बारिसालाई भेट्न न आइदिन समेत परिवारले अनुरोध गरेको छ।
हेटौँडा, पाँचदिन अघि टिकटकमा हेटौँडाकी एक शिक्षिका रोशनी कार्कीले आफ्नो एकाउन्टबाट विद्यालय पोसाकमा नाच्दैगरेका साना विद्यार्थीको भिडियो पोस्ट गरिन्। साँझपख भिडिओ पोस्ट गरेकी उनले त्यसपछि त्यो दिन टिकटक चलाइनन्।
भोलिपल्ट बिहान टिकटक एप्स खोलेर हेर्दा चकित परिन्, किनकि अघिल्लो दिन पोस्टगरेको भिडियो १०,लाख बढीले हेरिसकेका पाइन्। विद्यालयमा केटाकेटी नाचेको भिडिओ रातभरिमा भाइरल भइसकेकोरहेछ।
उनको एकाउन्टबाट डाउनलोड गरेर फेसबुकदेखि ट्वीटरसम्म धेरैले पोस्ट गरेका रहेछन्। टिकटकमा मात्रै नभई सबैजसो सञ्जालमा भाइरल भयो। भिडिओमा दक्षिण भारतीय चलचित्र पुष्पा दराइजको लोकप्रिय गीत सामे सामेमा स्कुले केटाकेटीले नृत्य गरेकाथिए।
भिडियोमा हेटौँडा९, स्थित रसल एकेडेमीमा यूकेजीमा पढ्ने बरिसा क्षेत्रीलगायत साथीहरूले नृत्य गरेका थिए। नृत्य गर्दा बरिसाको हाउभाउले सबैको ध्यानखिचेको हो। भिडिओ शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप गराउँदाको थियो। त्यो पनि अहिले थिएन । ६ ,महिना अघि शुक्रबारको दिनको थियो।
विद्यालयकी तत्कालीन शिक्षिका रोशनी कार्कीले भिडियोखिचेकी थिइन्। तर ६,महिनापछि पाँचदिनअघि मात्रै उनले भिडियो पोस्ट गरेकी छिन्। भिडियो खिच्ने र पोस्ट गर्ने शिक्षिका रोशनीले भने अहिले स्कुल छाडिसकेकी छिन्।”
बरिसा पहिलाबाटै राम्रो नाच्थिन्। शुक्रवारको दिन मैले नै हिन्दी गीतमा नाच्न लाएकोथिए। मोबाइलमा भिडियोथियो। पाँच दिन अघि टिकटकमा हालिदिऊ नभनेर हाल्दिएको थिएँ। भाइरल पो भएछ ।कार्की बताउँछिन्।
रोशनीको टिकटक एकाउन्टबाट हालसम्म उक्त भिडिओ ४० लाख बढी पटक हेरिएको छ। ३ हजार बढी कमेन्ट आएको छ। ५ हजार बढी पटक सेयर भइसकेको छ।”
उनको भिडियोट्वीटरमा तेजा नाम गरेको एक प्रयोगकर्ताले २ दिन अघि सेयर गरेका थिए। उनको उक्त ट्वीटलाई रिट्वीट गर्दै दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले बरिसालाई भेट्नचाहेको समेत प्रतिक्रिया दिइन्।
रश्मिकाले आफू अभिनीत फिल्म पुष्पाकोसामी सामी बोलको गीतमा बरिसाको नृत्यले प्रभावित भएर भेट्ने इच्छा गरेको प्रतिक्रिया दिएकी थिइन्। ‘म यो प्यारीलाई भेट्न चाहन्छु। कसरी सक्छु , भन्दै प्रतिक्रिया जनाइन्। रश्मिकाको प्रतिक्रिया पस्चात बारिसाको भिडियोनेपाल भारतहुँदै विश्वभर भाइरल हुनपुग्यो।
बारिसाको भिडियोमा भारतीय कोरियोग्राफर अभिनेता र चलचित्र निर्देशक रेमो डिसुजाले समेत प्रतिक्रिया जनाएका छन्। उनले समेत बरिसालाई प्रत्यक्ष भेट्न मन लागेको भन्दै नृत्यको तारिफ गरेका छन्। उनलाई हेर्नुहोस मेरो भगवान उनको एक्सप्रेसन अनुग्रह र सबैभन्दा बढी लिप सिंक राम्रो छ। उनलाई प्रत्यक्ष हेर्न मन छ रेमोले इन्स्टाग्राममा लेखेका छन्। भिडियोलाई धेरै बलिवुड कलाकारहरूले सेयर गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन्।
बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीड लागेको उनको परिवारले बताएको छ। उनको उमेरसानो भएकाले बारिसालाई भेट्न न आइदिन समेत परिवारले अनुरोध गरेको छ। उनी सानैदेखि नाच्न रुचाउने भएकाले हिन्दी र नेपाली गीतका हुक स्टेप र शब्द समेत याद गर्छिन् ।उनको परिवारको एक सदस्यले बताए।
त्यही देखेर सबैलाई भिडियोमन परेको हुन सक्ने उनले बताए। बारिसा हाल आफ्नो हजुरबुबा र हजुरआमाको साथ हेटौँडा ९, सिमेन्ट रोडमा बस्छिन्।
भिडियो रश्मिकाले सेयर गरेपछि बरिसा नेपालमा मात्र नभई भारतमा समेत भाइरल बनेको छ। अहिले भारतीय सञ्चारमाध्यममा समेत बरिसा छाएकी छिन्। धेरै मिडियाले उनको बारेमा समाचार लेखेको छ। रश्मिकाका सुपरहिट फिल्म ‘डियर कमरेड पुष्पा लगायतका फिल्म छन्।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





