सार्वजनिक ठाउँमा सु,र्ती चु,राेट सेवनमा प्रतिबन्ध, अटेरी गरे का,रबाही

२०७९ भाद्र ३० गते, बिहीबार

काठमाण्डौ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चु,रोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

सार्वजनिक स्थललाई धु,म्रपान र सु,र्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धु,म्रपान तथा सु,र्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई का,रबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।

यो पनि  । कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ ।

रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।

बजार बढ्दै गएको छ । साँघुरो सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँदा त्यसलाई मध्यनजर गरेर पार्किङ व्यवस्थापन गर्न थालेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।

चाडपर्वमा बजार क्षेत्रमा सामान किनमेल गर्नेको भीडभाड बढ्ने, जथाभावी रोकेर सवारी साधन राख्दा दु,र्घटनाको डर बढ्यो, बजारमा ज,नघनत्व दैनिक बढिरहेको हुदा पार्किङ व्यवस्थापन गरिरहेका छौँ”, उनले भने नियमविपरीत कार्य कसैले गरेमा ट्राफिक का,रबाही हुनेछ ।”

यहाँ यसअघि पनि सडकको किनारको एकातर्फ एक हप्ता र अर्को किनारमा अर्को हप्ता पार्किङको व्यवस्था गरिए पनि त्यो व्यवस्था केही समय लागू भयो ।

निरन्तररुपमा त्यसको कार्यान्वयन हुन सकेन । आगामी असोज १ गतेदेखि बेझाडको सडक दायाँ किनारा, त्यसपछिको एक हप्ता बायाँ किनारा गरी पालैपालो पार्किङ गर्न इलाका प्रहरी कार्यालय रामपुरले आग्रह गरेको छ ।

घर अगाडिको सडकमा सवारी साधन तथा पैदलयात्रुको आवतजावतमा समेत प्रभाव पार्ने गरी निर्माणजन्य सामग्री, पसलका सामान, पसलको बोर्ड, फो,होर डष्टबिन नराख्न प्रहरीले अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा जानकारीका लागि सूचना पनि टाँसेको छ ।

अस्तव्यस्त सवारी साधन पार्किङले दु,र्घटनाको जोखिम र बजारको सौन्दर्य नै नराम्रो बनाएको बताउनुहुन्छ स्थानीय सावित्रा गैरे ।


बजार विस्तारै हुँदै जाँदा दैनिक भीडभाड बढेको छ, सवारी साधनका सङ्ख्या पनि उत्तिकै बढेकै छन्, जथाभावी रुपमा गाडी रोकेर राख्नेलाई कारबाही पनि छैन, यसमा स्थानीय सरकार, प्रहरी र प्रशासनले कडाइ गर्नुपर्छ, उनले भने ।

रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले टोल विकास संस्था र स्थानीय क्लब परिचालन गरेर पार्किङलाई अस्थायीरुपमा भए पनि व्यवस्थापन गर्ने अभियान चलाउने बताउँछन् ।

उनका अनुसार सवारी साधन पार्किङ गर्न बेझाड बजारमा दीर्घकालीन व्यवस्था नहुदा बेलाबेलामा बजारमा पार्किङको स,मस्या हुने गरेको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयले बजार गर्ने मुख्य थलोको रुपमा बेझाड बजार रहेको छ ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal