बालेनले जडिबुटी क्षेत्रका अवैध टहरा भत्काएपछि भक्तपुर जाने बाटो सरर हेर्नुहोस।

२०७९ भाद्र ३० गते, बिहीबार

काठमाडौं महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ । महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।

सडक विभागका प्रमुख अर्जुनजंङ थापाले विभागको समन्वयमा महानगरले घर टहरा भत्काएपछि आफूहरुलाई ६ लेन सडक निर्माणको बाटो खुलेको बताए । सो क्षेत्रमा सडक विस्तारको काम सुरु भइसकेको उनले बताए ।

“सडकबीचमा रहेको घरको मुआब्जा पहिले नै दिइसकेपछि पनि घरधनीले भत्काउन दिएकी थिइनन् । इँटाको घरसँग टाँसेर वरिपरि टहरा निर्माण गरिएको थियो । मुआब्जा लिन बोलाउँदा त्यो क्षेत्रका गुण्डाहरुले थर्काउँथे । गुण्डाहरुले अवैध टहरा निर्माण गरेर भाडा उठाउँदै आएका थिए । अहिले महानगरले सबै हटाएर सहजीकरण गरिदिएको छ । भत्काएकै पछिल्लो दिनदेखि सडक विस्तार सुरु गरिसक्यौँ,” प्रमुख थापाले भने ।

कोटेश्वर-जडिबुटी क्षेत्र काठमाडौंको कलंकीपछिको अत्यधिक सवारी चाप र जाम हुने क्षेत्र हो । यो क्षेत्रको जाम घटाउन अनेकौँ प्रयासहरु हुँदै आए पनि अहिलेसम्म सवारी चाप कम हुन सकेको छैन । विभागका अनुसार २०६१ सालमा जापानिज कम्पनी जाइकाको सहयोगमा माइतीघर-सूर्यविनायक सडक विस्तार अन्तर्गत ६ लेन सडक विस्तार सुरु गरिएको थियो ।

कच्ची घरधनी माइली खत्रीलेमुआब्जा नपाएको भन्दै सर्वोच्च अदालनमा मुद्दा दायर गरेकी थिइन् । २०७१ फागुन १९ गते सर्वोच्च अदालतले जग्गाको मुआब्जा पाइसकेको र घर जग्गा सरकारको स्वामित्वमा रहेको फैसला गरेको थियो ।न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले मुआब्जा तथा उचित क्षतिपूर्ति दिइसकेको अवस्थामा सडक बिस्तारको काम रोक्न नमिल्ने फैसला सुनाएको थियो । घर भएको ठाउँको २.४ मिटर जग्गा मात्रै घरधनीको दाबीमा रहेको विभागका प्रमुख थापाले जानकारी दिए ।

98 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal